“तातोपानी नाका खोल्न कूटनीतिक पहल र खबरदारी गरिरहेका छौं”

काठमाडौं, २१ फागुन । भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले तातोपानी नाका पूर्ण रुपमा खुलाउने पहल भइरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष पौडेलले भने, “२०७२ को भूकम्पपछि तातोपानी नाका बन्द भएको त नभनौं तर राम्ररी खुलेको छैन । नाका खुलाउने सम्बन्धमा हामीले वाणिज्य […]

सम्बन्धित सामग्री

तातोपानी नाकाको नियमितता

चीनसँगको प्रमुख नाका तातोपानी बन्द भएको लामो समयछि मानव आवागमनका लागि खुला भएपछि त्यहाँका स्थानीय विगतमा जस्तै चहलपहल हुनेमा आशावादी देखिएका छन् । तर, यो नाका सुचारु हुनेमा भने विश्वस्त हुने आधार देखिँदैन । नेपाल चीन सम्बन्धमा खासै समस्या देखिएको छैन र विवादका विषय पनि सतहमा आएका छैनन् । नेपालले एक चीन नीतिले बलियो समर्थन दिँदै आएको छ । तर, नेपालको यो समर्थनप्रति चीन आश्वस्त हुन नसकेको देखिन्छ । त्यही भएर उसले यदाकदा राजनीतिक नेतृत्वलाई यो प्रश्न उठाइरहेको हुन्छ । तातोपानी नाका सहज आवागमनको माध्यम थियो । सिन्धुपाल्चोकबासीलाई मात्रै चीन प्रवेशको सुविधा दिए पनि धेरै नेपाली खासासम्म पुग्थे । भारतीयहरू समेत चीन प्रवेश गरेको आशंकाकै कारण उसले यो नाका बन्द गराउन खोजेको देखिन्छ । त्यसैले तातोपानी नाका उसको प्राथमिकतामा नपरेको हो भन्ने देखिन्छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणका कारण यो नाका खुला गरिएको देखिन्छ । विगतमा नेपालका प्रधानमन्त्री, राष्ट्रपति वा विदेशमन्त्रीको भ्रमण वा नेपालले निकै कर गरेपछि केही समयका लागि कन्टेनरहरू आउन दिइन्थ्यो र पछि कडाइ गरिन्थ्यो । अहिले पनि तातोपानी नाकाबाट सहज रूपमा कन्टेनर आउन सकेको छैन । तातोपानी नाकाबारे नेपालले चीनसँग स्पष्टसँग कुरा राख्न सकेको देखिँदैन । यहाँका सांसदले यसलाई खुला गर्न बढी नै सक्रियता देखाएपछि चीनले केही समयका लागि खुला गरेको हुन सक्छ । यो नाका बन्द भएयता राष्ट्रपति र प्रधानमन्त्रीको चीन भ्रमण भएको छ । तर, यसलाई विगतमा झैं सञ्चालन गराउन पर्याप्त कूटनीतिक पहल भएको छैन ।  तातोपानी नाका नेपालका लागि विशेष छ । यस क्षेत्रको आर्थिक गतिविधिका लागि पनि यसको सहज सञ्चालन जरूरी छ । चीनको बजारसम्म नेपालीलाई जान दिँदा तातोपानी क्षेत्रको चहलपहल पुरानै अवस्थामा जान सक्छ । तर, नेपालको सम्बन्ध फराकिलो हुँदै जानुपर्नेमा उत्तरी नाका केही असहज हुँदै गएको छ । नेपालले यसको कूटनीतिक अर्थ निकालेर त्यसअनुसार चीनसँग पहल नगर्ने हो भने अन्य उत्तरी नाकाहरू खुल्न पनि गाह्रो हुनेछ । नेपालले चीनसँग उत्तरका विभिन्न नाकाहरू खुलाउने सम्झौता गरिसकेको छ र त्यसैअनुसार उत्तर–दक्षिण करिडोर मार्ग पनि बनाइरहेको छ । ती क्षेत्रमा चीनतर्फ पूर्वाधारहरू बनेको देखिन्छ भने नेपालतर्फ खासै प्रगति छैन । यसरी हेर्दा नेपालको तयारी पनि सही तरीकाले अगाडि नबढेको देखिन्छ । राष्ट्रिय आवश्यकता देखेर चीनसँग सम्झौतासमेत गरिसकेको अवस्थामा ती नाकामा पूर्वाधार नबनाउनु नेपालको कमजोरी हो । नेपालले पूर्वाधार बनाउँदैमा चीनले नाका सहज रूपमा खोल्नेमा विश्वास गर्ने आधार भने देखिँदैन । चीनले मानसरोवर जाने तीर्थयात्रीलाई अनुमति दिए पनि भारतीयलाई अनुमति दिएको छैन । नेपाल भएर हजारौं भारतीय मानसरोवर जाँदा नेपालको पर्यटनले राम्रै लाभ लिएको थियो । तर, अहिले रोकिएको छ । प्रधानमन्त्री दाहालको आसन्न चीन भ्रमणमा यस्ता विषयमा पनि ध्यान जानु आवश्यक छ । उत्तरी नाका सहज हुने हो भने नेपालबाट चीन निर्यात बढाउन सकिने आधार छ । उसले ८ हजारभन्दा बढी वस्तुलाई सहुलियत दिएको छ तर नाका सहज नहुँदा निर्यात भइरहेका वस्तुसमेत रोकिएको अवस्था छ । त्यसैले उत्तरी नाकामा रहेको यस्तो अनिश्चय हटाउन नेपालले कूटनीतिलाई बलियो बनाउन जरुरी छ ।

तातोपानी नाका खुलाउन कूटनीतिक पहल आवश्यक : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले २०७२ सालको विनाशकारी भूकम्पपछि पूर्णरुपमा सञ्चालनमा आउन नसकेको चीनसँगको तातोपानी नाका खुलाउन कूटनीतिक पहल आवश्यक रहेको बताउनुभएको छ । भोटेकोशी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन बिहीबार उद्घाटन गर्दै मन्त्री बस्नेतले उक्त नाका खुलाउन सरकारले चीनलाई आश्वस्त पार्नसक्नुपर्ने बताउनुभयो । “हामीले लामो समयदेखि पहल गर्दा पनि तातोपानी नाका सहज रुपमा सञ्चालन हुन सकेको …

तातोपानी नाका खुलाउन कूटनीतिक पहल आवश्यक छ: मन्त्री बस्नेत

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले २०७२ सालको विकासकारी भूकम्पपछि पूर्णरुपमा सञ्चालनमा आउन नसकेको चीनसँगको तातोपानी नाका खुलाउन कूटनीतिक पहल आवश्यक रहेको बताए। भोटेकोशी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन आज उद्घाटन गर्दै मन्त्री बस्नेतले उक्त नाका खुलाउन सरकारले चीनलाई आश्वस्त पार्नसक्नुपर्ने बताए । “हामीले लामो समयदेखि पहल गर्दा पनि तातोपानी नाका सहज रुपमा सञ्चालन हुन […]

तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल गर्छु: अध्यक्ष दाहाल

माओवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले तातोपानी नाकाबाट हुने आयात/निर्यात व्यापार सहज बनाउन चीनसँग कूटनीतिक पहल गर्ने बताएका छन्।...

सामान आयातमा ९ लाखसम्म बढ्यो कन्टेनरको भाडा

काठमाडौं । कोरोना महामारी शुरू भएयता चीनतर्फका दुवै (केरुङ र तातोपानी) नाका सहज सञ्चालन नहुँदा आयातकर्ताले कन्टेनर ढुवानीमा चर्को भाडा तिर्नुपरेको छ । कोभिडपछि सामान ढुवानी गर्दा प्रतिकन्टेनर भाडा करीब ९ लाख रुपैयाँसम्म बढेको व्यापारीहरूले बताएका छन् । नाका सहज नहुँदा व्यापारीले वैकल्पिक बाटो हुँदै सामान ल्याउने गरेका छन्, जसले ढुवानीको भाडादर महँगिएको छ । आयातकर्ताका अनुसार कोरोना महामारी शुरू हुनुअघि चीनबाट ६८ क्युबिक मिटर (सीबीएम)को एक कन्टेनर सामान ढुवानी गरी काठमाडौंसम्म ल्याइपुर्‍याउँदा भारतीय बाटो प्रयोग गरे पनि ढुवानीमा करीब ६ लाख रुपैयाँ खर्च पथ्र्यो । तर कोभिडपछि चीन सरकारले नाका सहज रूपमा नखुलाउँदा व्यापारीहरूले वैकल्पिक मार्गको प्रयोग गरी भारतको विशाखापत्तनम् र कोलकाता बन्दरगाह हुँदै ल्याउने गरेका छन्, जसले गर्दा ढुवानी खर्च ९ लाख रुपैयाँले बढेर १५ लाखसम्म पुगेको उनीहरूको भनाइ छ । उत्तरी नाकामा अवरोध भएपछि वैकल्पिक मार्गको प्रयोग गर्नुपरेको व्यापारीहरू बताउँछन् । उत्तरी नाकाकै प्रयोग गरी सामान आयात गर्दा पनि अहिले ढुवानी भाडा चर्को पर्ने गरेको बताइएको छ । रसुवागढीबाट सीधै काठमाडौंमा सामान आयात गर्दा ढुवानीमा कोभिड अघिसम्म ५ लाख रुपैयाँ लाग्ने गरेकोमा अहिले बढेर ९ लाख रुपैयाँसम्म पुगेको राष्ट्रिय व्यापार संघका उपाध्यक्ष तथा लामो समयदेखि चीन–नेपाल व्यापारमा संलग्न रामचन्द्र पराजुलीले बताए । यसअघि सामान्य अवस्थामा उत्तरी नाकाबाट दैनिक १५० भन्दा बढी कन्टेनर सामान नेपाल भित्रने गर्दथ्यो । महामारीपछि नाकामा अवरोध भएपछि अहिले दैनिक ७ देखि १० कन्टेनर मात्र भित्रिने गरेको रसुवागढी भन्सार कार्यालय प्रमुख डा. रामप्रसाद मैनालीले जानकारी दिए । सरकारको उच्चस्तरीय निकायले नै चीन सरकारसँग संवाद/समन्वय नगर्दासम्म समस्याको समाधान नहुने उनको भनाइ छ । नेपालको कमजोर कूटनीतिका कारण २ वर्षदेखि सामान नाकामै अड्किएको उनले बताए । समस्या समाधानका लागि भन्सार विभागसहित व्यापारिक संघ–संस्थाबाट पटकपटक प्रयास हुँदा पनि सकारात्मक परिणाम केही नआएको उनको भनाइ छ । यस्तै सरकारको कमजोर कूटनीतिकै कारण निजीक्षेत्र समस्याग्रस्त रहेको राष्ट्रिय व्यापार संघका महासचिव वैकुण्ठ दाहालले बताए । सरकारले कूटनीतिक पहल गरेर समस्याको समाधान गरेमा व्यापारमैत्री वातावरण बन्ने र उपभोक्ताले पनि सस्तोमा सामान किन्न पाउने अवस्था आउने उनको भनाइ छ । भाडादर वृद्धिको प्रभाव सामानको मूल्यमा कन्टेनरको भाडादर बढेपछि त्यसको प्रत्यक्ष प्रभाव चीनबाट आयात हुने सामानको मूल्यमा परेको छ । चीनबाट आयात हुने तयारी लत्ताकपडा, जुत्ता, चप्पल, बच्चाका खेलौना, कस्मेटिक सामान, फलफूल लगायत वस्तुको मूल्य करीब ८ प्रतिशतले बढेको व्यापारीहरू बताउँछन् । मूल्यवृद्धिका प्रत्यक्ष मार उपभोक्तालाई परेको छ । यसअघि बजारमा १५ सय रुपैयाँमा पाइने टिसर्टको मूल्य यतिबेला बढेर १६ देखि १७ सयसम्म पुगेको काठमाडौं मलमा फेन्सी कपडाको व्यापार गर्दै आएका नरेश न्यौपानेले बताए । ‘नाकामा भएको असहजताले ढुवानी भाडा बढ्दा सामान महँगिएको थियो । अहिले झन् इन्धनको मूल्य बढेको छ, त्यसले मूल्य थप बढ्ने देखिएको छ,’ उनले भने ।

तातोपानी नाकामा सरकारले लगानी गर्नुपर्छ : सभामुख सापकोटा

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाकामा नेपाल सरकारले लगानी गर्नुपर्ने बताएका छन् । सोमवार नेपाल–चीनबीचको उत्तरी सीमा तातोपानी नाकाको निरीक्षण गर्दै सापकोटाले उक्त नाकामा नेपाल सरकारले लगानी गर्नुपर्ने देखिएको बताए । ‘यो नाकाले वार्षिक अर्बाैंको राजस्व भिœयाउँदै आएको थियो,’ सापकोटाले भने, ‘जुरे पहिरो, भूकम्प र पटकपटकको प्राकृतिक विपद्का कारण अहिले यो क्षतविक्षत बन्न पुगेको छ । यस नाकालाई पूर्णरूपमा सञ्चालन गर्न नेपाल सरकारले लगानी गर्नुपर्ने देखियो ।’ सभामुख सापकोटाले वार्षिक अर्बाैंको राजस्व भिœयाउन पनि राज्यले नाकालाई सुदृढ बनाउन कञ्जुस्याइँ गर्न नहुने बताए । बाह्रबीसेदेखि कोदारीसम्मको विकासलाई बहुवर्षीय योजनाका रूपमा लैजानुपर्ने भन्दै उनले त्यसका लागि अल्पकालीन र दीर्घकालीन खाका बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘दीर्घकालीन रूपमा धुलिखेलदेखि कोदारीसम्मको सडकलाई दुईलेनको बनाउन सकिन्छ,’ उनले भने, ‘अल्पकालीन रूपमा भने बाह्रबीसेदेखि कोदारीसम्म भत्किएका र बिग्रिएका संरचनाहरूलाई तत्काल निर्माण गर्नुपर्ने देखिन्छ ।’ सभामुख सापकोटाले त्यसका लागि बजेट छुट्याउन अर्थमन्त्री जनार्दन शर्मालाई आग्रह गरे । सभामुख र मन्त्रीसहितको टोलीले मितेरी पुल, लिपिङ बजारको निरीक्षण गरेको छ । लिपिङ बजार सीमा पुलसँग जोडिएको बजार हो । भूकम्पपछि यहाँको अवस्था दयनीय छ । यो बजारमा मात्रै भूकम्पअघि दैनिक करोडौंको कारोबार हुन्थ्यो । ठूलाठूला होटेल, बैंकलगायत कारोबार हुने व्यापारिक पसलहरू यहाँ थिए । यसलाई पुनः सुचारू गरिनुपर्नेमा सभामुख सापकोटाले जोड दिए । सभामुखसँगै नाका निरीक्षणका लागि पुगेका अर्थमन्त्री जनार्दन शर्माले तातोपानी नाकालाई सहज बनाउन कूटनीतिक पहल भइरहेको बताए । ‘तातोपानी नाकालाई सुदृढ बनाउँदै व्यवसायलाई सहज बनाउन कूटनीतिक पहल भइरहेको छ,’ शर्माले भने, ‘पहिलेको तुलनामा नाकामा उल्लेख्य सुधार भइसकेको छ र अझ यो नाकालाई विस्तार गरेर जाने विषयमा चीन सरकारसँग सहमतिसमेत भइसकेको छ ।’ अर्थमन्त्री शर्माले अबको केही महीनाभित्रबाट नाका नियमित पूर्णरूपमा सञ्चालन हुने दाबी गरेका छन् । ‘भौतिक पूर्वाधार निर्माण, बाहबीसे–कोदारी सडक र भूक्षय रोकथामका लागि चीन सरकारसँग विस्तृत जानकारी दिइसकेका छौं,’ उनले भने, ‘नाका पूर्णरूपमा सञ्चालनमा ल्याउन चीन सरकार सहमत देखिएको छ ।’ तातोपानी भन्सार र मितेरी पुलसम्मको अवलोकन भ्रमण गरी त्यहाँको वर्तमान अवस्थाबारे सभामुख सापकोटा र अर्थमन्त्री शर्माले जानकारी लिएका हुन् । उनीहरूले अरनिको राजमार्गको सडक अवस्थाको निरीक्षण गरेका थिए । बाह्रबीसेदेखि नेपाल चीन सीमासम्मको २६ किलोमीटर सडकमा गर्नुपर्ने मर्मत तथा नयाँ निर्माणका लागि समेत निरीक्षण गरिएको थियोे । भूकम्पपछि अस्थिर रहेको तातोपानी नाका प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय व्यवसायी, तातोपानी भन्सारलगायतसँग छलफलसमेत भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताए । ‘नाका र अरनिको राजमार्ग सुधारका लागि चीनसँग आवश्यक थप समन्वय गर्नेबारे छलफल केन्द्रित थियो,’ न्यौपानेले भने । कोभिड–१९ महामारी र सीमाक्षेत्रमा गरिएको कडाइका कारण तातोपानी नाकाबाट हुने आयातनिर्यात पूर्ववत् अवस्थामा फर्कन सकेको छैन ।