डोटी जिल्लाको केआइसिंह गाउँपालिका–६ भूमिराजमाण्डौैँस्थित ‘कालिज बहुउद्देश्यीय फर्म’मा चितुवा पसेर कालिज मारिदिएको छ । सोही वडाका कर्ण बोहराले व्यावसायिक रुपमा कालिजपालन गरेका थिए । सोमबार राति पसेको चितुवाले १५० कालिज मारेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिए ।जङ्गलबाट राति फर्ममा पसेको उक्त चितुवाले कालिज मार्न थालेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । फर्मभित्र पसेको चितुवालाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा बिहान धपाइएको थियो ।