प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको विशेषाधिकार रहेको तर्क गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सभापति तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवासहित १ सय ४६ सांसदले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।