काठमाण्डाै - मनसुन बाहिरिने सङ्केत देखिन थालेको मौसमविद्ले बताएका छन् । अबको एक हप्तामा मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
उहाँका अनुसार पश्चिमबाट पूर्वतिर हावा सर्न थालेकाले असोज १४ सम्ममा मनसुन बाहिरिने अनुमान छ । देशभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिएको मानिने छ । लगातारको झरीपछि बिस्तारै पानी पर्ने क्रम कम हुँदै गएको छ ।
यो वर्षको मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यसपालि मनस...