काठमाण्डाै – यस वर्षको मनसुन सरदर मितिभन्दा केही ढिलो बाहिरिने मौसमविद्ले अनुमान गरेका छन् । मनसुन बाहिरिने मिति अक्टोबर २ तारिख भए पनि निर्धारित मितिभन्दा केही ढिला गरी बाहिरिने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।गएको वर्ष पनि मनसुन निर्धारित मितिभन्दा नाै दिन ढिला गरी अक्टोबर ११ तारिखमा बाहिरिएको थियो । अहिलेको अवस्थालाई हेर्दा अहिले मनसुनी गतिविधि निष्क्रियजस्तो देखिए पनि अबको केही दिनपछि मनसुन फेरि सक्रिय हुने सम्भावना छ ।मनसुनी गतिविधि दशैँको नवमीदेखि सक्रिय हु...