मध्यरातमा बागमती किनारामा रहेको टहराबाट ३ जनाको उद्धार

गएराती काठमाडौंमा परेको भारी वर्षाले विभिन्न बस्ती डुबानमा परे । राती नै बागमती किनारामा रहेको टहराबाट नेपाल प्रहरीले ३ जनाको उद्धार गरिएको छ । बाढीका कारण घरभित्रै अलपत्र परेका उनीहरुलाई प्रहरीले उद्धार गरेको हो । गएराति काठमाडौं उपत्यकाको अधिकांश स्थानमा भारी वर्षा भएको छ । भक्तपुरको नगरकोट, काठमाडौंको धाप, सुन्दरीजललगायतका विभिन्न क्षेत्रमा भारी वर्षा भएको हो । जसको प्रभावले आज विहान पनि पुण्यमती, हनुमन्ते, मनोहरा र वाग्मतीमा पानीको बहाव उच्च देखिएको छ । 

सम्बन्धित सामग्री

बागमती नदीमा फसेका पाँच जनाको सकुशल उद्धार

बागमती नदीमा आएको बाढीका कारण फेसेका पाँच जनाको सकुशल उद्धार गरिएको छ।

खोजी, उद्धार र राहतका लागि रकम अभाव छैन : मन्त्री श्रेष्ठ

काठमाडौँ, ८ असार । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले बाढी पहिरोजस्ता विपद्जन्य घटनापछि तत्काल गर्नुपर्ने खोजी, उद्धार र राहतका लागि प्रदेश सरकारसँग रकम अभाव नरहेको बताएका छन् । राष्ट्रिय सञ्चारमाध्यमका पत्रकासँगको भेटमा उहाँले प्रदेश कोभिड-१९ कोषको खारेजीपछि त्यहाँ रहेको रु १७ करोड प्रदेश विपद् कोषमा सारिएकाले तत्काल खोजी, उद्धार र राहतका लागि […]

गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार गरिनेछ : मन्त्री जोशी

मनहरी, ८ जेठ । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री उत्तम जोशीले गर्भवती र सुत्केरीका लागि निःशुल्क हवाई उद्धार कार्यक्रम ल्याउने बताएका छन् । मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री जोशीले ‘ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार कार्यक्रम’ सञ्चालन गर्न कार्यविधि बनाउनुपर्ने भन्दै कार्यविधि निर्माण प्रक्रिया अगाडि बढाउन निर्देशन दिए । उनले स्वास्थ्य मन्त्रालय […]

थापाथलीको पुलबाट महिला हाम फालिन्, प्रहरीद्वारा उद्धार

काठमाडौँ र ललितपुर जोड्ने थापाथली पुलबाट एकजना महिला हामफालेकी छिन् । तत्काल प्रहरी पुगेर उनलाई उद्धार गरेको छ । पुलबाट हामफालेकी महिलालाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । महिलाको पहिचान खुलेको छैन । उनलाई उपचारका लागि अस्पतालमा पठाइएको छ । पुलबाट बागमती नदीमा हामफालेकी महिलाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बागमती नदीमा उद्धार अभ्यास कार्यक्रम आयोजित

रौतहट र सर्लाहीको बिचमा बहने बागमती नदीमा उद्धार अभ्यास तालिम सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल मधेस प्रदेशको आयोजनामा शनिवार नुनथरमा अवस्थित बागमती नदीमा उद्धार अभ्यास कार्यक्रम भएको हो।...

बागमती प्रदेशमा गर्भवतीलाई निःशुल्क हवाई सेवा

काठमाडौँ । बागमती प्रदेशले जोखिममा परेका गर्भवती महिलालाई निःशुल्क हवाई सेवा उपलब्ध गराउने भएको छ । प्रदेशको प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक वर्ष २०७९/८० को हिजो (बुधबार) बजेट प्रस्तुत गर्दै ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार गर्ने व्यवस्था मिलाइने उल्लेख गरेका छन् । प्रदेशभित्रका स्थायी बासिन्दाका लागि […]

सप्तकोशी नदीमा हाम फालेका युवकको उद्धार

काठमाडौं।अवरुद्ध भएको बागमती प्रदेशसभाको बैठक पुन सुचारु भएको छ।सप्तकोशी नदीमा हाम फालेका युवकको प्रहरीले उद्धार गरेको छ।खपत हुन नसकेको बिजुली भारत निर्यात गर्न सुरु गरिएको छ।डोटीमा भरुवा बन्दुकसहित चारजना पक्राउ परेका छन् र भरतपुर अस्पतालमा एमआरआई नहुँदा बिरामीलाई सास्ती हुने गरेको छ।

बागमती नदीमा हाम फालेकी महिलाको उद्धार

१९ साउन, जनकपुरधाम । सर्लाहीस्थित बागमती नदीमा हाम फालेकी एक महिलाको उद्धार गरिएको छ । बागमती नगरपालिका–१२ स्थित बागमती नदीमा हाम फालेकी रौतहटकी महिलाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । हाम फालेपछि खोलाले बगाइरहेको समयमा रौतहटको वृन्दावन नगरपालिका–२ बस्ने रामबाबु पटेलकी पत्नी धनपतियादेवीको जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद […]

बागमती प्रदेश विपद् व्यवस्थापन तथा उद्धार निर्देशन समितिले माग्यो १० करोड

बागमती प्रदेश विपद् व्यवस्थापन तथा उद्धार निर्देशन समितिले प्रदेशका १३ वटै जिल्लामा बाढी पहिरोबाट प्रभावित परिवारको उद्धार, उपचार र राहतका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयसँग १० करोड रुपैयाँ माग गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधबार बसेको समितिको बैठकले विपद् कोषमा रकम अभाव भएकाले आर्थिक मामिला मन्त्रालयलाई उक्त रकम यथाशीघ्र उपलब्ध गराउन आग्रह गरेको हो ।बैठकले सिन्धुपाल्चोकमा बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारकातर्फबाट पीडित परिवारलाई

बागमती प्रदेशले बाढीपहिरो प्रभावितलाई तत्काल उद्धार र खाद्यान्न उपलब्ध गराउने

हेटौँडा। बागमती प्रदेश विपद् व्यवस्थापन तथा उद्दार निर्देशक समितिको आजको बैठकले प्रदेशका १३ वटै जिल्लामा बाढीपहिरोबाट प्रभावित परिवारको उद्दार, उपचार र राहत कोषको लागि रु १० करोड विनियोजन गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले सिन्धुपाल्चोक जिल्लामा गएको बाढीबाट पीडित परिवारलाई तत्काल खाद्यान्न सामग्रीहरु जिल्ला प्रशासन कार्यालयमार्फत रकम उपलब्ध गराउने निर्णय गरेको हो।