थापाथलीको पुलबाट महिला हाम फालिन्, प्रहरीद्वारा उद्धार

काठमाडौँ र ललितपुर जोड्ने थापाथली पुलबाट एकजना महिला हामफालेकी छिन् । तत्काल प्रहरी पुगेर उनलाई उद्धार गरेको छ । पुलबाट हामफालेकी महिलालाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । महिलाको पहिचान खुलेको छैन । उनलाई उपचारका लागि अस्पतालमा पठाइएको छ । पुलबाट बागमती नदीमा हामफालेकी महिलाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित सामग्री

भारतमा बेचिएका दुई किशोरीको उद्धार

पाटन – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार गरिएको छ। उद्धार गरिएका किशोरीलाई मन्त्री निवास पुल्चोकमा आज स्वागत गर्दै मन्त्री आचार्यले भने, ‘सुर्खेतबाट किशोरी बेचबिखनमा परेको खबर आयो, त्यसपछि भारतमा रहेको नेपाली राजदूतावास र मानव बेचबिखनमा परेकालाई उद्धार गर्ने संस्थासँग समन्वय भयो र दिल्ली महिला आयोग, दूतावासको समन्वयमा […]

संखुवासभामा हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ लिङ्गमबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ । सुत्केरी हुन नसकेपछि भोटखोला–२ लिङ्गमकी २८ वर्षीया चिप्पयाङ्जम भोटेको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।  प्रमुख जिल्ला अधिकारी (सीडीओ) नुरहरि खतिवडाका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा भोटेको उद्धार गरिएको हो । सुत्केरी हुन हटिया स्वास्थ्यचौकी आएकी भोटेको त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंको थापाथली...

सङ्खुवासभामा हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ लिङ्गमबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ  । सुत्केरी हुन नसकेपछि भोटखोला–२ लिङ्गमकी २८ वर्षीया चिप्पयाङ्जम भोटेको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा भोटेको उद्धार गरिएको हो । सुत्केरी हुन हटिया स्वास्थ्यचौकी आएकी भोटेको त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकोप्टरम

‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’द्वारा २३ महिलाको उद्धार

खोटाङ, २९ मंसिर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकोे ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ जिल्लामा प्रभावकारी बनेको छ । पहाडी भू–भाग तथा सबै क्षेत्रमा सडक यातायातसमेत नपुगेको यस जिल्लामा सो कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरी व्यथाले सिकिस्त बिरामीलाई निःशुल्क हवाई उद्धार गरेर उपचार गर्न थालिएपछि उक्त कार्यक्रम प्रभावकारी देखिएको हो । आर्थिक वर्ष २०७५÷७६ देखि […]

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ११ सुत्केरीको उद्धार

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत अछामका ११ सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत जिल्लाका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारसम्बन्धी कार्यविधिअनुसार ती महिलाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए ।उनका अनुसार विसं २०७५/७६ देखि जिल्लामा सुरु भएको उक्त कार्यक्रमअन्तर्गत यही भदौ ६ गते एकै दिन दुई गर्भवतीको हवाई उद्धार गरिएसँगै हालसम्म ११ जना ज्य

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत अछामका ११ सुत्केरीको उद्धार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत जिल्लाका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारसम्बन्धी कार्यविधिअनुसार ती महिलाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए।

अफगानिस्तानका महिला खेलाडीहरुको उद्धार गर्न फिफाको आग्रह

एजेन्सी, ६ भदौ । फिफाले अफगानिस्तानका महिला खेलाडीहरुको उद्धार गर्न विभिन्न देशका सरकारहरुसँग आग्रह गरेको छ । तालिवानले अफगानिस्तानको राजधानी काबुलमा कब्जा गरेपछि खेलाडीहरु ज्यानको सुरक्षालाई लिएर डराइरहेका छन् । अफगानिस्तान महिला फुटबल टोलीकी पूर्वकप्तान खालिदा पोपलले खेलाडीहरुको सुरक्षाको लागि केहिदिन अघिदेखि नै आग्रह गरेकी थिइन् । उनले भनेकी छिन्, ‘म राम्रोसँग निदाउन सकिरहेको छैन, […]