हेटौँडा। बागमती प्रदेश विपद् व्यवस्थापन तथा उद्दार निर्देशक समितिको आजको बैठकले प्रदेशका १३ वटै जिल्लामा बाढीपहिरोबाट प्रभावित परिवारको उद्दार, उपचार र राहत कोषको लागि रु १० करोड विनियोजन गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले सिन्धुपाल्चोक जिल्लामा गएको बाढीबाट पीडित परिवारलाई तत्काल खाद्यान्न सामग्रीहरु जिल्ला प्रशासन कार्यालयमार्फत रकम उपलब्ध गराउने निर्णय गरेको हो।