तनहुँ - तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेकाे जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा हर्नियाको सफल शल्यक्रिया गरिएको छ । स्थानीय ७४ वर्षीय पुरुषको दायाँ साइडको हर्नियाको उपचार केन्द्रका चिकित्सकले सफल शल्यक्रिया गरेका हुन् ।
केन्द्रले पहिलो पटक हर्नियाको शल्यक्रिया गरेको सर्जन डा.परिवर्तन बरालले जानकारी दिनुभयो । डा. बराल र एनेस्थेसियोलोजिष्ट डा. रमेश घिमिरेले डेढ घण्टाको समयमा ती पुरुषको शल्यक्रिया गर्नुभएको हो । ढाडमा सुई लगाएर लठ्याएर शल्यक्रिया गरिएको छ ।
दायाँ साइडको हर्नियाका ...