तनहुँको जीपी कोइराला उपचार केन्द्रमा हड्डीको सफल शल्यक्रिया

तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ स्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा हड्डीको सफल शल्यक्रिया भएको छ । अस्पतालले शल्यक्रिया सेवा दिन थालेपछि तनहुँ, गोरखा, लमजुङ र कास्की जिल्लाका केही आसपास क्षेत्रका नागरिकलाई राहत मिलेको छ ।

सम्बन्धित सामग्री

तनहुँको जीपी कोइराला अस्पतालमा पहिलाे पटक हर्नियाको शल्यक्रिया सफल

तनहुँ - तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेकाे जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा हर्नियाको सफल शल्यक्रिया गरिएको छ । स्थानीय ७४ वर्षीय पुरुषको दायाँ साइडको हर्नियाको उपचार केन्द्रका चिकित्सकले सफल शल्यक्रिया गरेका हुन् ।  केन्द्रले पहिलो पटक हर्नियाको शल्यक्रिया गरेको सर्जन डा.परिवर्तन बरालले जानकारी दिनुभयो । डा. बराल र एनेस्थेसियोलोजिष्ट डा. रमेश घिमिरेले डेढ घण्टाको समयमा ती पुरुषको शल्यक्रिया गर्नुभएको हो । ढाडमा सुई लगाएर लठ्याएर शल्यक्रिया गरिएको छ । दायाँ साइडको हर्नियाका ...

जिपी कोइराला उपचार केन्द्रमा पहिलोपटक जटिल शल्यक्रिया

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मलद्वार फाटेको एक बिरामीको शल्यक्रिया गरिएको छ । केन्द्रका एनेस्थेसियोलोजिष्ट डा.रमेश घिमिरे र सर्जन डा परिवर्तन बरालले स्थानीयबासी ६७ वर्षीया महिलाको पहिलोपटक हालै सफल शल्यक्रिया गरेका हुन् ।डा.बरालले ढाडमा सुई लगाई लठ्याएर शल्यक्रिया गरिएको र धेरै कब्जियत भएकालाई यस्तो समस्या आउने बताए । उपचार केन्द्रका कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठले पहिलोपटक मलद्वार फाटेको  शल्यक्रिया गरिएको र अब यसलाई बिस्त