काठमाडौँ : शुभ साइतमा घरमा टीका लगाएर आफन्तकोमा जाने क्रम बढेसँगै काठमाडौँ उपत्यकाका सडकमा मानिसको चहलपहल बढ्न थालेको हो।विजया दशमीका दिन रातो टीका र पहेँलो जमरा लगाएर देशभर हर्षोल्लासका साथ दशैँ मनाउने चलन छ।घटस्थापनाका दिन राखिएको जमरा आज दुर्गादेवीको प्रसादको रूपमा लगाउने गरिन्छ।असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिले विजय पाएको दिनको रूपमा विजया दशमी मनाउने चलन रहेको छ।आजका दिन परिवारका मान्यजनबाट टीका तथा जमरा लगाइने चलन छ। आम सर्वसाधारण बडादशैँ मनाउन काठमाडौँबाट गाउँ फ