सामाजिक सुरक्षा कोषको विषय यतिबेला बहसमा छ । सरकारले सामाजिक सुरक्षा कोषमा अनिवार्य आउन भनेको छ । अन्यथा, कानूनवमोजिम कारवाही गरिने सरकारको चेतावनी छ । तर, यसबारे केही प्रश्नहरु उब्जिएका छन् ।कर्मचारीहरुले खाईपाई आएको सेवा सुविधा घट्दैन भन्ने दाबी गरिरहेको सामाजिक सुरक्षा कोषमाथि उठेका १२ यक्ष प्रश्नहरु यस्ता छन् : (१) योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा (२) को (ज)(ट) तथा दफा दफा २१ ले स्पष्ट रुपमा निजामती लगायत सरकारी कोषबाट पारिश्रमिक पाउने सम्पूर्ण