हेटौंडा : एकपछि अर्को प्रदेश सरकारको नेतृत्व गुमाइरहेको नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व पनि गुमाउने निश्चितप्रायः भएको छ। प्रदेशसभाका १३ सांसदले एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) रोजेपछि एमाले बागमती प्रदेश सरकारको नेतृत्वबाट पनि बाहिरिने निश्चित भएको हो।१ सय ९ जना प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा विभाजनअघि ५६ जना सांसदसहित एमालेले एकल बहुमतको सरकार चलाउँदै आएको थियो। तर, एमाले विभाजनमा प्रदेशका १३ सांसदले नयाँ दल रोजेपछि साढे ३ वर्षसम