हेटौंडा : नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई फकाएर नयाँ समीकरणमा सरकार बनाउने प्रयास गरेको छ। केन्द्रमा कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर एमालेको नेतृत्वमा गठबन्धन बनेसँगै बागमती प्रदेशमा पनि दलहरुको समीकरण फेरिएको छ। यसअघि कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बागमती प्रदेशमा गठबन्धनको सरकार बनेको थियो। तर, अहिले संघमा नयाँ समीकरण बनेसँगै बागमती प्रदेश सरकार गठनको लागि तयारी गरिरहेको कांग्रेस र समाजवाद