दार्चुला – दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले दार्चुलाका शिक्षण संस्थाहरू माघ मसान्तसम्म भौतिक रूपमा सञ्चालन नगर्न निर्देशन दिएका छन् । कोरोना महामारी नियन्त्रण भइनसकेका कारण माघ मसान्त अघि शैक्षिक संस्था नखोल्न उनले मंगलबार निर्देशन दिएका हुन् । विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ मसान्तसम्म भौतिक रूपमा उपस्थितिमा […]