चिकित्सा शिक्षा अभियन्ता प्रा.डा. गोविन्द केसीले जनताको स्वास्थ्य अधिकारप्रति राजनीतिक दल र सरकार निरन्तर असंवेदनशील हुँदै आपराधिक काम मात्र गरेको आरोप लगाएका छन् । शनिबार धरान आइपुगेका उनले आफूहरूसँग पटक–पटक गरेको सम्झौतालाई सरकारले पूर्ण रूपमा कार्यान्वयन नगरेकाले आउँदो भदौ १२ देखि २० औं पटक सत्याग्रह सुरु गर्ने चेतावनी पनि उनले दिएका छन् ।