नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रत्यक्ष निर्वाचन प्रणालीलाई नै जोड दिनुपर्ने बताएका छन् । अहिलेको शासन प्रणालीमा सांसद भएपछि मात्र मन्त्री र प्रधानमन्त्री हुने व्यवस्था भएकाले जरैदेखि भ्रष्टाचार मौलाएको बताउँदै दाहालले भ्रष्टाचार न्यूनीकरणको लागि प्रत्यक्ष निर्वाचन प्रणाली नै उपयुक्त हुने बताएका हुन् ।