सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ लाई संशोधन गर्ने भएको छ । प्रदेश सभाबाट एक वर्ष अघि पारित भएको सो ऐन कार्यान्वयनमा नजाँदै पहिलो पटक संशोधन गर्न लागेको हो ।बिहिबार प्रदेश सभाको दशौं अधिवेशनको १२ औं बैठकमा प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले सो विधेयकलाई संशोधनका लागि सभामा टेबल गरेका थिए । प्रदेश र स्थानीय तहमा निर्वाचित वा मनोनित पदाधिकारी, प्रदेश र स्थानीय तह वा सो अन्र्तगतका निकाय तथा प्रदेश