प्रतिनिधि सभा सदस्य रामबहादुर बिष्टले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतीमा सार्ने निर्णय गलत रहेको बताएका छन् । सोमवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतीमा सार्ने तत्कालीन केपी शर्मा ओली सरकारको निर्णय गलत रहेको बताएका हुन् । उनले पनौतीमा प्रतिष्ठान बनाउने भनेर २०५२ सालमै ४२.४ हेक्टर खरिद गरिएको उल्लेख गर्दै त्यो आधारभूत तालिम, अन्य सेमिनार र अन्तर्राष्ट्रिय गोष्ठीको ल