काठमाडाैं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरुको सीप परीक्षण गर्न भन्दै आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने भएको छ।सञ्चारमन्त्री पार्वत गुरुङले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारे बताएका हुन्। यसको निम्ति आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन आदेश २०७८ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको पनि उनले बताए।‘पत्रकारहरुको दक्षता, व्यक्तित्व र क्षमता अभिवृद्धि र पत्रकारहरुको सीप परीक्षणका लागि आगामी वर्षभित्र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गरिनेछ।