काठमाण्डाै – पन्ध्र जना पूर्वमहानिरीक्षक (आईजीपी) ले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण गर्ने अघिल्लो सरकारको निर्णय खारेजीको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापन पत्र बुझाएका छन् ।
राष्ट्रपतिको कार्यालय विस्तार गर्ने सिलसिलामा प्रहरी प्रतिष्ठान स्थानान्तरणको निर्णयबाट त्यसको ऐतिहासिक परिचय मेटिने तथा नेपाल प्रहरीको संस्थागत विकासको महत्त्वपूर्ण आधारशिला एवम् जीवन्त सङ्ग्रहालयको अस्तित्व मासिने भन्दै उनीहरूले निर्णय सच्याउन प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका हुन् ।
पूर्व प्रहरी महानिर...