आज यी नदीमा बाढीको जोखिम

काठमाण्डाै - आज कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती लगायत प्रदेश-१, प्रदेश-२ र वाग्मती प्रदेशको चुरे र तराई भएर बहने स–साना नदीमा बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ । बाढी आउने सम्भावना रहेकाले तटीय क्षेत्र तथा डुबान भएर रहने क्षेत्रहरूमा सतर्कता अपनाउन बाढी  पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै, झापामा रहेको केचना वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा ठूलो पानी परेको मापन भएको छ । त्यस क्षेत्रमा अझै पानी पर्ने सम्भावना रहेकाले केचना, पथरिया लगायत क्षेत्रका साना खोलाहरुमा बहाव बढ्ने भएकाले नदी त...

सम्बन्धित सामग्री

कास्कीको किम्रोङखोला थुनियो, मोदीखोलामा बाढीको जोखिम

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हुँदै बग्ने किम्रोङ खोला पहिरोले थुनिएको छ । थुनिएर बनेको तालका कारण कास्की र पर्वत हुँदै बग्ने किम्रोङ र मोदी खोलामा बाढीको जोखिम बढेको छ । अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार खोला किनारमा रहेको अग्लो पहाडबाट ठूलो पहिरो खसेपछि शनिबार रातिदेखिनै खोला थुनिएको हो । आज बिहान करिब ११ बजेतिरबाट …

अविरल वर्षासँगै कागबेनीमा बाढीको जोखिम बढ्यो

जोमसोम।  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा बाढीको जोखिम बढेको छ । मुक्तिनाथबाट बहने ठाडो खोलाको शाखा नदी र मुस्ताङको साङ्ता हुँदै बहने ठाँडो खोला थुनिदा कागबेनी गाउँ बाढीको उच्च जोखिममा परेको हो । अविरल वर्षासँगै मुस्ताङको साङ्ता खोला थुनिएको आशंका जिल्ला प्रशासनले गरेको छ । प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार आईतबार साँझ करिव ७ बजेदेखि […]

काठमाण्डौका विष्णुमती, इच्छुमती, धोबीखोलामा बाढीको जोखिम : सतर्कता अपनाउन आग्रह

काठमाण्डौ - काठमाण्डौका विष्णुमती, इच्छुमती, धोबीखोलामा बाढीको जोखिम बढेको छ । राति काठमाण्डौको बूढानीलकण्ठ आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ । बाढी सूचना महाशाखाले गोङ्गबु क्षेत्रमा जलसतह सतर्कता नजिक पुगेको र विष्णुमती, इच्छुमती, धोबीखोला तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । साथै पानी सडक किनार र बस्तीमा पस्ने जोखिम रहेकाले बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । त्यस्तै, काठमाण्डाैकै जितपुर आसपासका क्षेत्रमा पनि बाढीको जोखिम छ । आज देशका पहाडी केही ठाउँ तथा बाँकी थोरै ठाउँमा ...

आज गोरखा, लमजुङ र कास्कीमा बाढीको जोखिम

काठमाण्डाै - आज गोरखा, लमजुङ र कास्कीका साना नदी तथा खोलामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर आज गोरखा, कास्की र लमजुङका साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको हो । काेसी, नारायणी, महाकालीलगायत  ठूला नदीमा भने आज पनि पानीको सतक सतर्कता तहभन्दा तल नै रहने अनुमान गरिएको  छ ।

हिमताल विष्फोटको उच्च सम्भावनासँगै बाढीको जोखिम

पछिल्लो समय हिमताल विष्फोटको उच्च सम्भावना भएको र यसले बाढीको जोखिम बढाएको अध्ययनले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले इसिमोडलगायत संस्थाको सहयोगमा गरेको जलवायु परिवर्तनसम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो तथ्य सार्वजनिक गरेको हो । हिमाताल फुट्ने जोखिमसँगै बाढीको पनि सम्भावना रहेको अध्ययनले देखाएको छ ।नेपालको हिमाली क्षेत्रमा जमेर रहेका पानीका स्रोत र यसको तल्लो तटीय क्षेत्रमा […]

लगातारको झरी रोकिएसँगै बाढीको जोखिम केही कम

काठमाण्डाै - लगातारको झरी रोकिएसँगै बाढीको जोखिम केही कम भएको छ । देशका केही ठाउँमा राति पानी पर्न कम भए पनि गण्डकी प्रदेशका पोखरा, लमजुङसहित वाग्मती प्रदेशको चितवन र तराईका जिल्लामा ठूलो वर्षा भएको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज भने हिजोअस्तिको जस्तो लगातार झरी पर्ने सम्भावना छैन । तर, केही ठाउँमा ठूलो वर्षाको सम्भावना भने रहेकाले सतर्कता भने अपनाउनु पर्दछ । आज देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ । यसअघिको वर्षाले नै जमिन गलाइसकेकाले आज पानी नपर...

नवलपुरको डण्डा क्षेत्रमा भारी वर्षा, स्थानीय खोलाहरुमा बाढीको जोखिम

काठमाडौँ – लगातारको भारी वर्षाका कारण नवलपुरका विभिन्न नदी–खोलामा पानीको बहाव बढेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । नवलपुरको डण्डा तथा आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टा भन्दा बढि समयदेखि भारी वर्षा हुँदा बाढीको जोखिम बढेको हो । पत्थरखोला, गिरवारी खोलासहितका साना खोलाहरुमा आकश्मिक बाढी आउन सक्ने […]

नारायणी र वाग्मती नदीमा बाढीको जोखिम

काठमाण्डौ  - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि ठूलो पानी परेको छ । वर्षासँगै नारायणी र वाग्मती नदीमा बाढीको जोखिम बढेको छ । तनहुँको बिमल नगर, बन्दीपुर र सखर, चितवनको कालीखोला, सिन्धुलीको मरिनखोला, मकवानपुरको सिलिंगे लगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रका ससाना नदी खोलाहरुमा आकस्मिक बहाव आउन सक्ने भएकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले पर्सिसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधान...

आज यी जिल्लामा छ बाढीको जोखिम, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकीका केही जिल्लामा बाढीको जोखिम छ। प्रदेश–१ को इलाम,झापा, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, ओखलढुंगा र धनकुटा, प्रदेश–२ को रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी, बागमती प्रदेशको धादिङ र गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, बागलुङ र परासीमा बाढीको खतरा रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

बाढीको जोखिम बढेपछि माथिल्लो तामाकोशी आयोजनाको जलाशय खाली गरियो

काठमाण्डाै - बाढीको जोखिम बढेपछि माथिल्लो तामाकोशी आयोजनाको जलाशय खाली गरिएको छ । पहिरोले तामाकोशीको सहायक खोला थुनिएपछि जलाशयबाट पानी छाडिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताउनुभयो । गएराति चिनियाँ क्षेत्रमा गएको पहिरोले तामाकोशीको सहायक रोङ्सी खोला थुनिएको छ । पहिरोले थुनिएको खोला ताल बनेर बसेको सूचना प्राप्त भएको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभयो । कुनै पनि बेला बाढी आउन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा जाने समयका लागि जलाशय खाली गरा...