तथ्याङ्क बमोजिम भाइरस संक्रमणपछि मृत्युदर दुई प्रतिशत मापन गरिएको छ । जुन इन्फ्ल्युएन्जाभन्दा बढी हो । तर श्वासप्रश्वासकै अन्य सात रोगहरुभन्दा कोरोना संक्रमतिको मृत्युदर अत्यन्तै कम रहेको छ ।संक्रमितको संख्या दक्षिण कोरिया, इरान र इटालीमा तिब्र रुपमा बढ्दैछ ।
हालसम्म भाइरसको संक्रमणले तीन हजार २८३ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । संक्रमण पुष्टि भएकाको संख्या ९० हजार करिब पुगेको छ । कोरोना संक्रमण विश्वब्यापी रुपमा भयावह रुप लिइरहँदा बच्न के गर्न हुने र के नहुने सम्बन्धमा चिकित्सकीय सुझाबमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले तयार गरेको सुरक्षात्मक उपायहरु