तालिबानद्वारा अफगानिस्तानको जलालाबाद नियन्त्रणमा

तालिबानद्वारा अफगानिस्तानको जलालाबाद नियन्त्रणमा लिईएको छ। 

सम्बन्धित सामग्री

अफगानिस्तानमा तालिबानविरुद्ध प्रदर्शन, तीनको मृत्यु

तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि पहिलो पटक स्थानीय विरोध प्रदर्शनमा उत्रेका छन् । अफगानिस्तानको झण्डा लिएर सर्वसाधारण सडकमा उत्रेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्् । काबुल बाहिरको दोस्रो सबैभन्दा ठूलो शहर जलालाबाद अतिरिक्तको क्षेत्रमा भने हिंसात्मक घटना दत्र्ता गरिएको छैन् । जलालाबादमा प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि तालिबानले गोली प्रहार गरेपछि तीन जनाको मृत्यु भएको छ । टर्कीको सञ्चारमाध्यम टीआरटीका अनुसार सर्वसाधारणले अफगानिस्तानको झण्डा हटाएर तालिबानले आफ्नो झण्डा लगाएपछि बिरोध गरेका हुन । नियन्त्रणमा आएपछि तालिबानले अफगानिस्तानको झण्डा हटाएको हो । अफगानिस्तानको झण्डा अब भने प्रयोगमा ल्याइएको छैन् । सर्वसाधारणले भने अफगानिस्तानको झण्डा बोकेर सडकमा प्रदर्शनमा उत्रिएका छन् ।

अफगानिस्तानको राजधानी काबुलबाहेक प्रमुख सहर तालिबानकाे कब्जामा

काठमाण्डाै - अफगानिस्तानको राजधानी काबुलबाहेक प्रमुख सहर तालिबान विद्रोहीले कब्जा गरेको छ । विद्रोहीले आज बिहानै पूर्वी सहर जलालाबाद नियन्त्रणमा लिएका छन् । यससँगै अफगानिस्तानका ३४ वटा प्रान्तीय राजधानीमध्ये २३ वटा तालिबानको नियन्त्रणमा पुगेका छन् ।  जलालाबादमा बिना कुनै क्षति तालिबानले सहज रुपमा कब्जा जमाएको समाचार संस्था रोयटर्सले जनाएको छ । योसँगै सरकारको नियन्त्रणमा रहेको एक मात्र प्रमुख सहरको रूपमा राजधानी काबुल रहेको छ । तालिबान लडाकु राजधानी काबुलमा निराशा र डर छाएको छ । काबुलमा हजारौँ मानिस सडक ...

काबुल बाहेकका सबै प्रमुख शहर तालिबानको नियन्त्रणमा

तालिबान बिद्रोही नजिक आइरहँदा अफगानिस्तानको राजधानी काबुलमा तनाव बढिरहेको छ । बिद्रोही सङ्गठनले आइतबार बिहानै जलालाबाद शहर नियन्त्रणमा लिएपछि अब सरकारको नियन्त्रणमा एक मात्र प्रमुख शहर काबुल बाँकी छ । शनिबार तालिबानले सरकारको नेतृत्वमा रहेको उत्तरी शहर मजार ए शरिफ आफ्नो कब्जामा लिएको थियो । सरकारी सैन्य एवम् सुरक्षा संयन्त्र असफल हुँदा राष्ट्रपति असरफ घानीमाथि राजिनामा दिने दबाब बढेको छ । राष्ट्रपति घानीले अब भने तालिबान विरुद्ध अन्तिमसम्म लड्ने वा आत्मसमपर्ण गर्ने दुई वटा बिकल्प मात्रै बाँकी छ ।

जलालाबाद पनि तालिबानको कब्जामा, प्रमुख सहरमा काबुलमात्र अफगानी फौजको नियन्त्रणमा

एजेन्सी। तालिबान लडाकुले अफगानिस्तानको अर्को ठूलो सहर जलालाबादलाई कब्जामा लिएका छन्। शनिबार मात्र तालिबानले मजार–ए–शरिफलाई कब्जामा लिएका थिए। जलालाबाद नागरहार प्रान्तको राजधानी हो। अफगानिस्तानका प्रमुख सहरमध्ये अब राजधानी काबुल मात्र अफगान सुरक्षा फौजको नियन्त्रणमा रहेको बताइएको छ। जलालाबादमा सरकारी सुरक्षा फौजले कुनै प्रतिकार नगरी तालिबानलाई छोडिदिएका थिए। तालिबान लडाकुहरु चारै तिरबाट काबुललाई घेर्दै अघि बढेका छन्।

अफगानिस्तानमा थप सङ्कट : काबुल बाहेकका सबै प्रमुख सहर तालिबानको कब्जामा

काठमाडौँ । अफगानिस्तानमा काबुल बाहेकका प्रमुख सहरहरू तालिबानले कब्जामा लिइसकेको छ । आइतबार बिहान अफगानिस्तानको पूर्वी सहर जलालाबाद पनि तालिबान लडाकुले कब्जामा लिएको बीबीसीले उल्लेख गरेको छ । अब अफगानिस्तानको राजधानी काबुल मात्रै सरकारको नियन्त्रणमा छ । काबुल पनि तालिबान लडाकुले कब्जाका लागि प्रयास गरिरहेका छन् । तालिबान लडाकु काबुलबाट झन्डै ११ किलोमिटरको दुरीमा रहेको […]