जनता समाजवादी पार्टी बाँकेले बाँके जिल्लाका चार वटा पालिकामा गठबन्धन नगर्ने निर्णय गरेको छ । पार्टीको सो निर्णयलाई जसपाको प्रदेश र केन्द्रमा समेत पठाई सकिएको जनाइएको छ ।
जसपाको बाँके जिल्ला कार्यसमितिले नेपालगञ्ज उपमहानगर, डुडुवा, जानकी तथा नरैनापुर गाउँपालिकामा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको जसपा बाँकेका अध्यक्ष कमरुद्दीन राईले बताउनुभयो ।