जनता समाजवादी पार्टीको संघीय परिषद्को बैठक सुरु भएको छ । परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको अध्यक्षतामा राजधानीमा बैठक सुरु भएको हो । बैठकमा अध्यक्ष भट्टराइले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । २३ पृष्ठको राजनीति प्रतिवेदनमा १४ वटा शीर्षक रहेका छन् ।प्रतिवेदन प्रस्तुत गर्दै भट्टराईले यो दस्तावेज पूर्ण नभएको र पूर्ण दस्तावेज महाधिवेशनमा आउने बताए । ‘महाधिवेशनको तयारी स्वरुप यो दस्तावेज ल्याइएको हो, यसैको आधारमा पार्टी सैद्धान्तिक, वैचारिक रुपमा अगाडि बढ्छ ।’प्