नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँगको राम्रो समझदारी नबनाइकन नेपालमा स्थायित्व र विकास सम्भव नरहेको बताएका छन् । उनले आफू नेतृत्वको नेकपासहित काँग्रेस र जनता समाजवादी पार्टी नेपालबीचको सरकार बने भारतका लागि समेत कम्फर्टेबल हुने अभिव्यक्ति दिएका छन् ।
शुक्रबार राति एक टेलिभिजन अन्तरवार्तामा प्रचण्डले भने, ‘यहाँ कोही कसैका विरुद्ध षड्यन्त्र होइन यो, ती शक्ति मिल्दा नै देशमा राजनीतिक स्थायित्वको वातावरण बन्ने भयो र इतिहासले जसलाई अगाडि बढ भनेको हो तिनै अघि बढ्नुपर्यो । त्यसो भएर मेरो भन...