देशमा आपतविपत पर्दा गैरआवासीय संघ सँधै सहयोगी हात फैलाउन तयार रहने र कोभिड महामारीमा देश तथा विदेशमा रहेका नेपालीहरुलाइ सहयोग गर्दै आइरहेको गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय अध्यक्ष बद्री केसीले जानकारी दिनुभयो ।
चितवन । भरतपुर अस्पताललाई भरतपुर महानगरपालिकाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । महानगरपालिकाले अस्पताललाई रु ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । महानगर प्रमुख रेनु दाहालले अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा. कृष्ण पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् । इसिजी मेसिनसहित कोभिड–१९ सम्बन्धी स्वास्थ्य सामग्री महानगरले हस्तान्तरण गरेको हो । सो अवसरमा […]
चितवन । चीनको सिगात्से नगरपालिका एवं सोही नगरपालिकाको वेयन्सिंग एग्रिकल्चर र एनिमल हजबेण्ड्री प्रोडक्ट प्रोसेसिङ कम्पनी लिमिटेडले भरतपुर महानगरपालिकालाई १ करोड ७३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । दुई संस्थाको प्रतिनिधित्व गरी आएका चाङ्चीङ छिङले आइतवार महानगर प्रमुख रेनु दाहाललाई उक्त मूल्य बराबरको सामग्री हस्तान्तरण गरेका हुन् ।
सहयोग गरिएका सामग्रीमा हाइफ्लो मेडिकल अक्सिजन कन्सन्ट्रेटर ठूलो १० थान, मध्यमस्तरको १० थान, मेडिकल मास्क ४५ हजार, एन ९५ मास्क ६ हजार ९६० थान, अक्सिजन सिलिण्डर २०० थान, मेडिकल रबर ग्लोब्स १० हजार थान, पिपिइ तीन हजार १५० थान र इसीजी मेसीन पाँच थान रहेका छन् ।
महानगर प्रमुख दाहालले मित्रराष्ट्र चीनका भगिनी सम्बन्ध राखिएका शहरबाट महानगरलाई नियमित सहयोग हुँदै आएको भन्दै कोभिड नियन्त्रणमा यी सामग्री प्रयोग गरिने बताइन् । यसले स्वास्थ्यकर्मीलाई काम गर्न सहयोग पुग्ने उनको भनाइ थियो । ‘यसअघि यसरी नै भगिनी सम्बन्ध भएका चीनका तीन शहरबाट स्वास्थ्य सामग्री प्राप्त भएको थियो । यसबाट हामी निकै उत्साहित भएका छौं,’ उनले भनिन् । स्वास्थ्यकर्मी र कर्मचारीलाई उक्त स्वास्थ्य सामग्रीको सदुपयोग गर्न उनले अनुरोध गरिन् ।
सो अवसरमा चाङ्चीङले यो सहयोग आउँदा दिनमा पनि निरन्तर हुने बताए । महानगरको नेतृत्वले चीनका नगरसँग राखेको सम्बन्ध भविष्यमा उपयोगी बन्ने उनको भनाइ थियो । महानगर उपप्रमुख पार्वती शाह ठकुरी र प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले चीनबाट प्राप्त स्वास्थ्य सामग्री महानगरलाई उपयोगी हुने बताए । महानगरका विज्ञ सल्लाहकार गोपालकृष्ण न्यौपानेका अनुसार यसअघि चीनको ग्रुमु, सिपिङ र सिंगिङ नगरले स्वास्थ्य सामग्री सहयोग गरेका थिए । सिगात्सेको यो दोस्रो पटकको सहयोग रहेको उनले बताए । रासस
भदौ २८, चितवन । चीनको सिगात्से शहरले भरतपुर महानगरपालिकालाई १ करोड ७१ लाख मूल्य बराबरको स्वास्थ्य समग्री सहयोग गरेको छ ।
नेपालमा कृषिका क्षेत्रमा लगानी गरिरहेका चिनियाँ एक व्यवसायीको पहलमा भरतपुर महानगरपालिकालाई सिगात्से शहरको १ करोड १३ लाख र बाइयाचेंग कृषि खेति उत्पादन प्रशोधन कम्पनीबाट ६० लाख गरी १ करोड ७३ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान भएको हो ।
आइतवार उक्त स्वास्थ्य सामग्री भरतपुर महानगर प्रमुख रेनु दाहाललाई हस्तान्तरण गरिएको थियो । उक्त समग्रीमा अक्सिजन कन्सन्टेटर २० ओटा, अक्सिजन सिलिन्डर २०० ओटा, फेस मास्क सर्जिकलर र एन ९५ मास्क ५० हजार, ईसिजी मेशिन ५ ओटा, पिपिई सेट २ हजार ७०० ओटा, सर्जिकल ग्लोबस १० हजार थान रहेको छ ।
सो अबसरमा बोल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले यसअघि पनि ४ पटकसम्म स्वास्थ्य सामग्री चीनको विभिन्न शहरबाट सहयोग आएको जानकारी दिइन् ।
विगतमा कोभिड अस्पताल, आईसोलेशन सेन्टर र अन्य स्वास्थ्य कार्यालयहरुमा पनि चीनबाट प्राप्त स्वास्थ्य सामग्रीले धेरै सहयोग पुगेको उनको भनाइ छ । यस पटक अहिले सम्मकै सबैभन्दा धेरै मूल्य बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको हो ।
महानगरको टोली यस अघि चिन भ्रमण गरेको र सि पिङ शहरसँग भगिनी सम्बन्ध पनि विस्तार गरेसँगै नियमित रुपमा सहयोग प्राप्त हुँदै आएको छ ।
चितवन । चीनको सिगात्से नगरपालिका एवं सोही नगरपालिकाको वेयन्सिंग एग्रीकल्चर र एनिमल हजबेण्ड्री प्रोडक्ट प्रोसेसिङ कम्पनी लिमिटेडले हिजो (आइतबार) यहाँको भरतपुर महानगरपालिकालाई रु एक करोड ७३ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । दुई संस्थाले सामानसहित पठाएका प्रतिनिधि जाङ्जीङ छिङले महानगर प्रमुख रेनु दाहाललाई सामग्री हस्तान्तरण गरेका हुन्। सो अवसरमा हाइफ्लो मेडिकल अक्सिजन कन्सन्ट्रेटर […]
चीनको सिगात्से नगरपालिका एवं सोही नगरपालिकाको वेयन्सिंग एग्रीकल्चर र एनिमल हजबेण्ड्री प्रोडक्ट प्रोसेसिङ कम्पनी लिमिटेडले आज भरतपुर महानगरपालिकालाई रु एक करोड ७३ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
दुई संस्थाले सामानसहित पठाएका प्रतिनिधि जाङ्जीङ छिङले महानगर प्रमुख रेनु दाहाललाई सामग्री हस्तान्तरण गरेका हुन् । सो अवसरमा हाइफ्लो मेडिकल अक्सिजन कन्सन्ट्रेटर ठूलो १० थान, मध्यमस्तरको १० थान, मेडिकल मास्क ४५ हजार, एन ९५ मास्क छ हजार ९६० थान, अक्सिजन सिलिण्डर २०० थान, मेडिकल रबर ग्लोब्स १० हजार थान, पिपिइ...
लायन्स क्लबले भरतपुर अस्पताल, बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र मध्यविन्दु अस्पताल कावासोतीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । क्लबले हाइफ्लो अक्सिजन मेसिन दुई र बिप्याप मेसिन पाँच थान सहयोग गरेको हो ।
लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ बिटु एरिया नं. ३ का क्लब तथा लायन्सहरुबाट कोभिड क्याम्पेन गरी सङ्कलन भएको रकमबाट ती सामग्री खरिद गरी आज भरतपुर अस्पताललाई हस्तान्तरण गरियो । ती सामग्री लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ बिटुका ईलेक्ट गभर्नर रामप्रसाद भट्टले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले लायन्सको सहयोगको प्रशंसा गर्नुभयो । गभर्नर भट्टले कोभिडको पहिलो लहरसँगै लायन्सहरु सहयोगमा जुटेको उल्लेख गर्दै गतवर्ष विभिन्न ठाउँमा रु.१ करोड बराबरको सहयोग गरेको जानकारी दिनुभयो । उहाँले दोस्रो लहरसँगै लायन्सहरु आर्थिक सङ्कलनमा जुटेको बताउँदै यस क्षेत्रका अस्पतालहरुमा अति आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. अधिकारीले कोभिड महामारीमा उपलब्ध सामग्री सन्जीबनी बुटी सावित हुने बताउनुभयो ।
२८ जेठ, चितवन । चीनको गुर्मु सहरले भरतपुर महानगरपालिकालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्ध लड्न आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । गुर्मु सहरले ११ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
सहयोग …