भरतपुर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

चितवन । भरतपुर अस्पताललाई भरतपुर महानगरपालिकाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । महानगरपालिकाले अस्पताललाई रु ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । महानगर प्रमुख रेनु दाहालले अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा. कृष्ण पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् । इसिजी मेसिनसहित कोभिड–१९ सम्बन्धी स्वास्थ्य सामग्री महानगरले हस्तान्तरण गरेको हो । सो अवसरमा […]

सम्बन्धित सामग्री

एनआरएनए हङकङद्वारा भरतपुर महानगरलाई स्वास्थ्य सामग्री सहयोग

देशमा आपतविपत पर्दा गैरआवासीय संघ सँधै सहयोगी हात फैलाउन तयार रहने र कोभिड महामारीमा देश तथा विदेशमा रहेका नेपालीहरुलाइ सहयोग गर्दै आइरहेको गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय अध्यक्ष बद्री केसीले जानकारी दिनुभयो ।

रू. १ करोड ७३ लाखको स्वास्थ्य सामग्री सहयोग

चितवन । चीनको सिगात्से नगरपालिका एवं सोही नगरपालिकाको वेयन्सिंग एग्रिकल्चर र एनिमल हजबेण्ड्री प्रोडक्ट प्रोसेसिङ कम्पनी लिमिटेडले भरतपुर महानगरपालिकालाई १ करोड ७३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । दुई संस्थाको प्रतिनिधित्व गरी आएका चाङ्चीङ छिङले आइतवार महानगर प्रमुख रेनु दाहाललाई उक्त मूल्य बराबरको सामग्री हस्तान्तरण गरेका हुन् । सहयोग गरिएका सामग्रीमा हाइफ्लो मेडिकल अक्सिजन कन्सन्ट्रेटर ठूलो १० थान, मध्यमस्तरको १० थान, मेडिकल मास्क ४५ हजार, एन ९५ मास्क ६ हजार ९६० थान, अक्सिजन सिलिण्डर २०० थान, मेडिकल रबर ग्लोब्स १० हजार थान, पिपिइ तीन हजार १५० थान र इसीजी मेसीन पाँच थान रहेका छन् । महानगर प्रमुख दाहालले मित्रराष्ट्र चीनका भगिनी सम्बन्ध राखिएका शहरबाट महानगरलाई नियमित सहयोग हुँदै आएको भन्दै कोभिड नियन्त्रणमा यी सामग्री प्रयोग गरिने बताइन् । यसले स्वास्थ्यकर्मीलाई काम गर्न सहयोग पुग्ने उनको भनाइ थियो । ‘यसअघि यसरी नै भगिनी सम्बन्ध भएका चीनका तीन शहरबाट स्वास्थ्य सामग्री प्राप्त भएको थियो । यसबाट हामी निकै उत्साहित भएका छौं,’ उनले भनिन् । स्वास्थ्यकर्मी र कर्मचारीलाई उक्त स्वास्थ्य सामग्रीको सदुपयोग गर्न उनले अनुरोध गरिन् । सो अवसरमा चाङ्चीङले यो सहयोग आउँदा दिनमा पनि निरन्तर हुने बताए । महानगरको नेतृत्वले चीनका नगरसँग राखेको सम्बन्ध भविष्यमा उपयोगी बन्ने उनको भनाइ थियो । महानगर उपप्रमुख पार्वती शाह ठकुरी र प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले चीनबाट प्राप्त स्वास्थ्य सामग्री महानगरलाई उपयोगी हुने बताए । महानगरका विज्ञ सल्लाहकार गोपालकृष्ण न्यौपानेका अनुसार यसअघि चीनको ग्रुमु, सिपिङ र सिंगिङ नगरले स्वास्थ्य सामग्री सहयोग गरेका थिए । सिगात्सेको यो दोस्रो पटकको सहयोग रहेको उनले बताए । रासस

भरतपुर महानगरलाई चीनद्वारा १ करोड ७३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

भदौ २८, चितवन । चीनको सिगात्से शहरले भरतपुर महानगरपालिकालाई १ करोड ७१ लाख मूल्य बराबरको स्वास्थ्य समग्री सहयोग गरेको छ । नेपालमा कृषिका क्षेत्रमा लगानी गरिरहेका चिनियाँ एक व्यवसायीको पहलमा भरतपुर महानगरपालिकालाई सिगात्से शहरको १ करोड १३ लाख र बाइयाचेंग कृषि खेति उत्पादन प्रशोधन कम्पनीबाट ६० लाख गरी १ करोड ७३ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान भएको हो । आइतवार उक्त स्वास्थ्य सामग्री भरतपुर महानगर प्रमुख रेनु दाहाललाई हस्तान्तरण गरिएको थियो । उक्त समग्रीमा अक्सिजन कन्सन्टेटर २० ओटा, अक्सिजन सिलिन्डर २०० ओटा, फेस मास्क सर्जिकलर र एन ९५ मास्क ५० हजार, ईसिजी मेशिन ५ ओटा, पिपिई सेट २ हजार ७०० ओटा, सर्जिकल ग्लोबस १० हजार थान रहेको छ ।  सो अबसरमा बोल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले यसअघि पनि  ४ पटकसम्म स्वास्थ्य सामग्री चीनको विभिन्न शहरबाट सहयोग आएको जानकारी दिइन् ।  विगतमा कोभिड अस्पताल, आईसोलेशन सेन्टर र अन्य स्वास्थ्य कार्यालयहरुमा पनि चीनबाट प्राप्त स्वास्थ्य सामग्रीले धेरै सहयोग पुगेको उनको भनाइ छ । यस पटक अहिले सम्मकै सबैभन्दा धेरै मूल्य बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको हो । महानगरको टोली यस अघि चिन भ्रमण गरेको र सि पिङ शहरसँग भगिनी सम्बन्ध पनि विस्तार गरेसँगै नियमित रुपमा सहयोग प्राप्त हुँदै आएको छ ।

दुई करोडको स्वास्थ्य सामग्री सहयोग

चितवन । चीनको सिगात्से नगरपालिका एवं सोही नगरपालिकाको वेयन्सिंग एग्रीकल्चर र एनिमल हजबेण्ड्री प्रोडक्ट प्रोसेसिङ कम्पनी लिमिटेडले हिजो (आइतबार) यहाँको भरतपुर महानगरपालिकालाई रु एक करोड ७३ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । दुई संस्थाले सामानसहित पठाएका प्रतिनिधि जाङ्जीङ छिङले महानगर प्रमुख रेनु दाहाललाई सामग्री हस्तान्तरण गरेका हुन्। सो अवसरमा हाइफ्लो मेडिकल अक्सिजन कन्सन्ट्रेटर […]

दुई करोडको स्वास्थ्य सामग्री सहयोग

चीनको सिगात्से नगरपालिका एवं सोही नगरपालिकाको वेयन्सिंग एग्रीकल्चर र एनिमल हजबेण्ड्री प्रोडक्ट प्रोसेसिङ कम्पनी लिमिटेडले आज  भरतपुर महानगरपालिकालाई रु एक करोड ७३ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । दुई संस्थाले सामानसहित पठाएका प्रतिनिधि जाङ्जीङ छिङले महानगर प्रमुख रेनु दाहाललाई सामग्री हस्तान्तरण गरेका हुन् । सो अवसरमा हाइफ्लो मेडिकल अक्सिजन कन्सन्ट्रेटर ठूलो  १० थान, मध्यमस्तरको १० थान, मेडिकल मास्क ४५ हजार, एन ९५ मास्क छ हजार ९६० थान, अक्सिजन सिलिण्डर २०० थान, मेडिकल रबर ग्लोब्स १० हजार थान, पिपिइ...

लायन्सद्वारा तीन अस्पताललाई १८ लाखका स्वास्थ्य सामग्री हस्तान्तरण

लायन्स क्लबले भरतपुर अस्पताल, बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र मध्यविन्दु अस्पताल कावासोतीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । क्लबले हाइफ्लो अक्सिजन मेसिन दुई र बिप्याप मेसिन पाँच थान सहयोग गरेको हो ।          लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ बिटु एरिया नं. ३ का क्लब तथा लायन्सहरुबाट कोभिड क्याम्पेन गरी सङ्कलन भएको रकमबाट ती सामग्री खरिद गरी आज भरतपुर अस्पताललाई हस्तान्तरण गरियो । ती सामग्री लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ बिटुका ईलेक्ट गभर्नर रामप्रसाद भट्टले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।          कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले लायन्सको सहयोगको प्रशंसा गर्नुभयो । गभर्नर भट्टले कोभिडको पहिलो लहरसँगै लायन्सहरु सहयोगमा जुटेको उल्लेख गर्दै गतवर्ष विभिन्न ठाउँमा रु.१ करोड बराबरको सहयोग गरेको जानकारी दिनुभयो । उहाँले दोस्रो लहरसँगै लायन्सहरु आर्थिक सङ्कलनमा जुटेको बताउँदै यस क्षेत्रका अस्पतालहरुमा अति आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. अधिकारीले कोभिड महामारीमा उपलब्ध सामग्री सन्जीबनी बुटी सावित हुने बताउनुभयो ।

भरतपुर महानगरलाई चीनद्वारा ९ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग

चितवन । भरतपुर महानगरपालिकालाई चीनबाट कोभिड–१९ विरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । चीनको

चीनको गुर्मु सहरले दियो भरतपुर महानगरलाई स्वास्थ्य सामग्री

२८ जेठ, चितवन । चीनको गुर्मु सहरले भरतपुर महानगरपालिकालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्ध लड्न आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । गुर्मु सहरले ११ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो । सहयोग …