चीनको गुर्मु सहरले दियो भरतपुर महानगरलाई स्वास्थ्य सामग्री
२८ जेठ, चितवन । चीनको गुर्मु सहरले भरतपुर महानगरपालिकालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्ध लड्न आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । गुर्मु सहरले ११ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
सहयोग …
लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ राष्ट्रिय समन्वय परिषद्को सौजन्यमा भरतपुर महानगरपालिकालाई एनआरएनएले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको संयोजनमा भरतपुर महानगरपालिकालाई सोमवार १० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । तीमध्ये ७ थान भरतपुरलाई र ३ थान माडी नगरपालिकालाई उपलब्ध गराईने एनआरएनएले जनाएको छ। ९३ हजार […]
गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ राष्ट्रिय समन्वय परिषदको सौजन्यमा भरतपुर महानगरपालिकालाई एनआरएनएले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको संयोजनमा भरतपुर महानगरपालिकालाई सोमवार १० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । तीमध्ये ७ थान भरतपुरलाई र ३ थान माडी नगरपालिकालाई उपलब्ध गराइने एनआरएनएले जनाएको छ। ९३ हजार थान मास्क ट्राफिक प्रहरी, तथा महानगरको फोहोर व्यवस्थापनमा खटिने कर्मचारी लगायतलाई उपलब्ध गराउने गरि हस्ता
देशमा आपतविपत पर्दा गैरआवासीय संघ सँधै सहयोगी हात फैलाउन तयार रहने र कोभिड महामारीमा देश तथा विदेशमा रहेका नेपालीहरुलाइ सहयोग गर्दै आइरहेको गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय अध्यक्ष बद्री केसीले जानकारी दिनुभयो ।
चितवन । भरतपुर अस्पताललाई भरतपुर महानगरपालिकाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । महानगरपालिकाले अस्पताललाई रु ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । महानगर प्रमुख रेनु दाहालले अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा. कृष्ण पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् । इसिजी मेसिनसहित कोभिड–१९ सम्बन्धी स्वास्थ्य सामग्री महानगरले हस्तान्तरण गरेको हो । सो अवसरमा […]
भरतपुर महानगरपालिकाले भरतपुर अस्पताललाई झन्डै ५० लाख बराबरको कोभिड १९ सम्बन्धित स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालबाट अस्पतालका अध्यक्ष डा भोजराज अधिकारी, मेसु डा कृष्णप्रसाद पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण भएको हो ।स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा भरतपुर महानगर प्रमुख दाहालले कोभिड १९ को उपचारमा भरतपुर अस्पतालले खेलेको भूमिकाबारे चर्चा गरिन् । कार्यक्रममा प्रमुख दाहालले काठमाडौँलगायत विभिन्न जिल्लाबाट हेलिकोप्टरबाट कोभिडका बिरामीलाई भरत
चितवन । चीनको सिगात्से नगरपालिका एवं सोही नगरपालिकाको वेयन्सिंग एग्रिकल्चर र एनिमल हजबेण्ड्री प्रोडक्ट प्रोसेसिङ कम्पनी लिमिटेडले भरतपुर महानगरपालिकालाई १ करोड ७३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । दुई संस्थाको प्रतिनिधित्व गरी आएका चाङ्चीङ छिङले आइतवार महानगर प्रमुख रेनु दाहाललाई उक्त मूल्य बराबरको सामग्री हस्तान्तरण गरेका हुन् ।
सहयोग गरिएका सामग्रीमा हाइफ्लो मेडिकल अक्सिजन कन्सन्ट्रेटर ठूलो १० थान, मध्यमस्तरको १० थान, मेडिकल मास्क ४५ हजार, एन ९५ मास्क ६ हजार ९६० थान, अक्सिजन सिलिण्डर २०० थान, मेडिकल रबर ग्लोब्स १० हजार थान, पिपिइ तीन हजार १५० थान र इसीजी मेसीन पाँच थान रहेका छन् ।
महानगर प्रमुख दाहालले मित्रराष्ट्र चीनका भगिनी सम्बन्ध राखिएका शहरबाट महानगरलाई नियमित सहयोग हुँदै आएको भन्दै कोभिड नियन्त्रणमा यी सामग्री प्रयोग गरिने बताइन् । यसले स्वास्थ्यकर्मीलाई काम गर्न सहयोग पुग्ने उनको भनाइ थियो । ‘यसअघि यसरी नै भगिनी सम्बन्ध भएका चीनका तीन शहरबाट स्वास्थ्य सामग्री प्राप्त भएको थियो । यसबाट हामी निकै उत्साहित भएका छौं,’ उनले भनिन् । स्वास्थ्यकर्मी र कर्मचारीलाई उक्त स्वास्थ्य सामग्रीको सदुपयोग गर्न उनले अनुरोध गरिन् ।
सो अवसरमा चाङ्चीङले यो सहयोग आउँदा दिनमा पनि निरन्तर हुने बताए । महानगरको नेतृत्वले चीनका नगरसँग राखेको सम्बन्ध भविष्यमा उपयोगी बन्ने उनको भनाइ थियो । महानगर उपप्रमुख पार्वती शाह ठकुरी र प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले चीनबाट प्राप्त स्वास्थ्य सामग्री महानगरलाई उपयोगी हुने बताए । महानगरका विज्ञ सल्लाहकार गोपालकृष्ण न्यौपानेका अनुसार यसअघि चीनको ग्रुमु, सिपिङ र सिंगिङ नगरले स्वास्थ्य सामग्री सहयोग गरेका थिए । सिगात्सेको यो दोस्रो पटकको सहयोग रहेको उनले बताए । रासस
भदौ २८, चितवन । चीनको सिगात्से शहरले भरतपुर महानगरपालिकालाई १ करोड ७१ लाख मूल्य बराबरको स्वास्थ्य समग्री सहयोग गरेको छ ।
नेपालमा कृषिका क्षेत्रमा लगानी गरिरहेका चिनियाँ एक व्यवसायीको पहलमा भरतपुर महानगरपालिकालाई सिगात्से शहरको १ करोड १३ लाख र बाइयाचेंग कृषि खेति उत्पादन प्रशोधन कम्पनीबाट ६० लाख गरी १ करोड ७३ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान भएको हो ।
आइतवार उक्त स्वास्थ्य सामग्री भरतपुर महानगर प्रमुख रेनु दाहाललाई हस्तान्तरण गरिएको थियो । उक्त समग्रीमा अक्सिजन कन्सन्टेटर २० ओटा, अक्सिजन सिलिन्डर २०० ओटा, फेस मास्क सर्जिकलर र एन ९५ मास्क ५० हजार, ईसिजी मेशिन ५ ओटा, पिपिई सेट २ हजार ७०० ओटा, सर्जिकल ग्लोबस १० हजार थान रहेको छ ।
सो अबसरमा बोल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले यसअघि पनि ४ पटकसम्म स्वास्थ्य सामग्री चीनको विभिन्न शहरबाट सहयोग आएको जानकारी दिइन् ।
विगतमा कोभिड अस्पताल, आईसोलेशन सेन्टर र अन्य स्वास्थ्य कार्यालयहरुमा पनि चीनबाट प्राप्त स्वास्थ्य सामग्रीले धेरै सहयोग पुगेको उनको भनाइ छ । यस पटक अहिले सम्मकै सबैभन्दा धेरै मूल्य बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको हो ।
महानगरको टोली यस अघि चिन भ्रमण गरेको र सि पिङ शहरसँग भगिनी सम्बन्ध पनि विस्तार गरेसँगै नियमित रुपमा सहयोग प्राप्त हुँदै आएको छ ।
चितवन । चीनको सिगात्से नगरपालिका एवं सोही नगरपालिकाको वेयन्सिंग एग्रीकल्चर र एनिमल हजबेण्ड्री प्रोडक्ट प्रोसेसिङ कम्पनी लिमिटेडले हिजो (आइतबार) यहाँको भरतपुर महानगरपालिकालाई रु एक करोड ७३ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । दुई संस्थाले सामानसहित पठाएका प्रतिनिधि जाङ्जीङ छिङले महानगर प्रमुख रेनु दाहाललाई सामग्री हस्तान्तरण गरेका हुन्। सो अवसरमा हाइफ्लो मेडिकल अक्सिजन कन्सन्ट्रेटर […]
चीनको सिगात्से नगरपालिका एवं सोही नगरपालिकाको वेयन्सिंग एग्रीकल्चर र एनिमल हजबेण्ड्री प्रोडक्ट प्रोसेसिङ कम्पनी लिमिटेडले आज भरतपुर महानगरपालिकालाई रु एक करोड ७३ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
दुई संस्थाले सामानसहित पठाएका प्रतिनिधि जाङ्जीङ छिङले महानगर प्रमुख रेनु दाहाललाई सामग्री हस्तान्तरण गरेका हुन् । सो अवसरमा हाइफ्लो मेडिकल अक्सिजन कन्सन्ट्रेटर ठूलो १० थान, मध्यमस्तरको १० थान, मेडिकल मास्क ४५ हजार, एन ९५ मास्क छ हजार ९६० थान, अक्सिजन सिलिण्डर २०० थान, मेडिकल रबर ग्लोब्स १० हजार थान, पिपिइ...
महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायितव अन्तर्गत शहरी क्षेत्रको नजिकै रहेता पनि ओझेलमा परेको भरतपुर महानगरपलिका–११ बसेनी स्थित गणेशस्थानका स्थानीयलाई कोभिड– १९ को जोखिमलाई न्यूनीकरण गर्ने अभिप्रयायले मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेको छ ।उक्त स्वास्थ्य सामग्रीहरु बैंकको नारायाणगढ शाखाका शाखा प्रमुख विरेन्द्र चौधरीले एक कार्यक्रमका बीच वडा नं ११ का वडा सदस्य चिन्तामणी […]