छानबिन समितिको प्रतिवेदन अपूर्ण छः प्रदीपकुमार ज्ञवाली
काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा संसदीय छानबिन समिति सदस्य प्रदीपकुमार ज्ञवालीले छानबिन समितिले संसदमा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताएका छन् ।
२४ साउन, काठमाडौं । नेकपा एमालेले आसन्न प्रतिनिधि र प्रदेश सभा चुनावका लागि दल दर्ता गराएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाल लगायतका नेताले निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेका हुन् । नेकपा एमाले १० औं नम्बरमा दर्ता भएको छ । ४ मंसिरमा हुने चुनावका लागि अहिले निर्वाचन आयोगले […]
एमसीसी परियोजना नेपालका लागि झनै पेचिलो बनेको छ । सत्ता गठबन्धन नै एमसीसीबारे दुई ध्रुवमा बाँडिएको छ । एमसीसी राष्ट्र हितविपरित रहेको भनेर आमधारणा बनिरहेका बेला प्रमुख प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन । ‘एमसीसी विकास परियोजना मात्रै हो’ भने एमाले नेतृत्वको सरकारले किन त्यसलाई मन्त्रिपरिषद्बाट अनुमोदन नगरेर संसदीय अनुमोदन जरुरी देख्यो ? नेकपा एमालेका उपमहासचिव तथा तत्कालीन केपी ओली नेतृत्वका परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञ
नेकपा एमालेले साइबर सर्कल बनाउने भएको छ ।
बुधवार राष्ट्रिय सभागृह भृकुटीमण्डपमा यसको घोषणा सभा हुने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कलको घोषणा गर्नेछन् ।
घोषणासभामा एमाले सचिव प्रदीपकुमार ज्ञवाली, राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतलगायतको उपस्थिति हुनेछ ।
नेकपा एमालेका केन्द्रीय कमिटी सचिव तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले नेकपा एमालेमाथि गठबन्धनको घेराबन्दी अस्थायी रहेको भन्दै चाँडै यसको अन्त्य हुने बताएका छन् ।बुधबार गृहजिल्ला गुल्मीमा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले सूर्य उदाएसँगै गठबन्धनको कुहिरो हराएर जाने बताए ।सदरमुकाम तम्घासमा आयोजित भेलामा ज्ञवालीले माधव नेपालले विपक्षीहरुसँग मिलेर आफ्नै पार्टीविरुद्ध घेराबन्दी गरेको आरोप लगाए । नेकपा एमालेले देशलाई एक ढिक्का बनाएर लैजान खोजे पनि पाँच दल मिलेर असफल पार्
थाइल्याण्डका राजाले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । आइतबार बिहान विशेष विमानबाट आएको स्वास्थ्य सामाग्री नेपालका लागि थाइल्याण्डका राजदूत एचई वोसोना भोरासफले नेपाललाई हस्तान्तरण गरेका हुन् ।स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।
काठमाडौं । चीनले कोभिड–१९ विरुद्धका पाँच लाख खोप अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीबीच शुक्रबार भएको टोलिफोन वार्तामा उहाँका चिनियाँ समकक्षीले उक्त परिमाणको खोप सहयोगको घोषणा गर्नुभएको गएराति परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चिनियाँ सहयोगप्रति मन्त्री ज्ञवालीले आभार व्यक्त गर्नुभएको छ ।
४ माघ, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा भएको नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिएर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शनिबार स्वदेश फर्किएका छन् । भ्रमण जानु अगाडि ज्ञवालीले सीमा विवाद समाधान गर्न ठोस प्रक्रिया अगाडि बढाउने धेरैको अपेक्षा थियो । तर भारतले यो विषयमा संवाद समेत गर्न चाहेन ।ज्ञवालीले बैठक फलदायी भएको र सीमा विवाद […]
१ माघ, काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतसँग भेटवार्ता गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ३ दिने भ्रमणका लागि भारत पुग्नु केही समयअघि आचार्यले रावतसँग भेट गरेका हुन् । दिल्लीस्थित नेपाली दूतावासले उक्त भेटवार्तामा दुई पक्षीय सम्बन्धका बारेमा कुराकानी भएको बताएको छ ।
२८ पुस, काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक आगामी माघ १ गतेदेखि भारतमा हुने भएको छ । तीन दिने बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बिहीबार नयाँ दिल्ली पुग्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, उर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुनेछ […]