काठमाडौं, ३० जेठ । नागरिकता विहिन संघर्ष समितिले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयकका विरुद्ध सर्वोच्चमा रिट दायर भएदेखि उनीहरु निरन्तर आन्दोलनमा छन् । मधेश केन्द्रीत वकिलहरुको धर्नामा समर्थन जनाउन उपस्थित भएका नागरिकता विहीन संघर्ष समितिका प्रदर्शनकारीहरुले पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, […]
काठमाडौं : नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान अघि बढेसँगै नागरिक समाज भ्रष्टाचारविरुद्धको खबरदारी अभियानमा जुटेको छ। शनिवार नागरिक समाज काठमाडौंको नारायणटारमा नागरिकहरु स्वतस्फूर्त रुपमा उत्रिए।
नागरिक समाजको प्रदर्शनमा एक्यबद्धता जनाउन राजनीतिक दलका नेताहरुसमेत पुगे। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्व गृहमन्त्री रवि लामिछानेलगायत नेताहरु खबरदारी अभियानमा पुगे।
नारायणचौरको प्रदर्शनमा नेपाली कांग्रेस युवा…
न्यापिटअ । म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ ।
राष्ट्रसङ्घ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले गर्नु भएको नियमित पत्रकार सम्मेलनमा सेनाको गोली लागेर आइतबार एकै दिन ३८ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले यी हत्याकाण्ड याङ्गुनको हाइलाङ थायेर क्षेत्रमा भएको पनि राष्ट्रसङ्घीय मानव अधिकारी कार्यालयको भनाई उद्धृत गर्दै बताउनुभयो ।
म्यान्मारमा शनिबार पनि १८ जनाको ज्यान गएको थियो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रसङ्घ महासचिवले शान्तिपूर्ण प्रदर्शनमा सहभागीमाथि भएको यस किसिमको हिंसात्मक कारबाही कुनै पनि हालतमा स्वीकार्य छैन । म्यान्मारका जनताको आधारभूत अधिकार निरन्तर उल्लङ्घन भइरहेकामा राष्ट्रसङ्घ निन्दा गर्दछ ।’
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय समुदायलाई म्यान्मारका जनताको पक्षमा ऐक्यबद्धता जनाउन पनि आग्रह गर्नु भएको छ ।
यसैबीच, म्यान्मारको सेनाले ठूलो संख्यामा प्रदर्शनकारी मारिएपछि याङ्गुनका विभिन्न क्षेत्रमा सैनिक कानुन लगाएको छ । निक्की एसियाका अनुसार यस क्षेत्रमा प्रदर्शनकारीले चिनियाँहरुको स्वामित्वमा रहेका धेरैवटा कारखानामा आगजनी गरिदिएका थिए ।
सेनाले गत फेब्रुअरीमा सत्ता आफ्नो हातमा लिएपछि सेना विरुद्ध दिनहुँ प्रदर्शनहरु भइरहेका छन् । सेनाले आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गर्नुका साथै संसदको नयाँ निर्वाचनलाई पनि खारेज गरिदिएको छ ।
यसैबीच, जापानको भ्रमणमा रहनु भएका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले म्यान्मारमा सेनाले गरेको ज्यादती निकै भयानक रहेको र त्यो कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनु भएको छ ।(एजेन्सी)
१२ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध निकालिएको नागरिक मार्चमा प्रहरीले हस्तक्षेप गर्यो । बृहत नागरिक आन्दोलनको आह्वानमा जम्मा भएका नागरिकहरुलाई प्रहरीले लाठी र पानीको पोहोरा हान्यो । नागरिक आन्दोलनमा ऐक्यवद्धता जनाउन पुगेका नेता रघुजी पन्तलाई पनि पटकपटक पानीको पोहोरा लाग्यो । पन्त भन्छन्, आज शान्तिपूर्ण प्रदर्शनमा जसरी प्रहरी दमन भयो, यो अलोकतान्त्रिक छ । यसको […]
काठमाडौं : नेपाली काँग्रेसले देशभरका स्थानीय तहहरुमा विरोध सभा आयोजना गर्दैछ। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै काँग्रेस आन्दोलित रहेको छ।
काँग्रेस सभापति शेरबहादुर देउवाले प्रदर्शनमा सक्रिय सहभागिता जनाउन सबैलाई अपिल गरेका छन्। शुक्रवार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले संसद विघटनको कार्यलाई काँग्रेसले असंवैधानिक…
काठमाडौं : नेपाल तरुण दलले प्रतिनिधि सभा विघटनविरुद्ध माउ संस्था नेपाली काँग्रेसले तय गरेको विरोध प्रदर्शनमा सक्रिय सहभागी गराउन सबै जिल्ला समितिहरुलाई परिपत्र गरेको छ। तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सोमवार सबै जिल्ला अध्यक्षहरुलाई परिपत्र गर्दै जिल्ला पार्टीसँग समन्वय गरी विरोध कार्यक्रममा सक्रिय सहभागिता जनाउन निर्देश गरेको हो।
'नेपाल कम्यूनिष्ट…
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिधिसभा विघटनविरूद्धको देशव्यापी प्रदर्शनमा ऐक्यबद्धता जनाउन आग्रह गरेका छन्। आज एक विज्ञप्तिमार्फत सभापति देउवाले पुस १३ गतेका लागि तय गरिएको कांग्रेसको देशव्यापी प्रदर्शनलाई साथ दिन आग्रह गरेका हुन्।
नेपाली चलचित्र ‘ए मेरो हजुर–२’ अष्ट्रेलियामा हाउसफूल प्रदर्शन भइरहेको छ । उक्त चलचित्रको प्रदर्शनमा सहभागिता जनाउन आएका नेपाली नायिकाद्वय झरना थापा र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई यहाँका चलचित्रप्रेमीले भब्य स्वागत गरेका छन् ।