विरोध प्रदर्शनमा सक्रिय सहभागी गराउन तरुण दलको निर्देशन

काठमाडौं  : नेपाल तरुण दलले प्रतिनिधि सभा विघटनविरुद्ध माउ संस्था नेपाली काँग्रेसले तय गरेको विरोध प्रदर्शनमा सक्रिय सहभागी गराउन सबै जिल्ला समितिहरुलाई परिपत्र गरेको छ। तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सोमवार सबै जिल्ला अध्यक्षहरुलाई परिपत्र गर्दै जिल्ला पार्टीसँग समन्वय गरी विरोध कार्यक्रममा सक्रिय सहभागिता जनाउन निर्देश गरेको हो। 'नेपाल कम्यूनिष्ट…

सम्बन्धित सामग्री

प्रतिनिधिसभा विघटनको विरोधमा बैतडीमा कांग्रेसको प्रदर्शन

बैतडी : प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले बैतडीमा विरोध प्रदर्शन गरेको छ। जिल्ला सदरमुकाममा कांग्रेसका भ्रातृ संस्थाहरुले प्रदर्शन गरेको नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष कपिल केसीले बताए।नेपाल विद्यार्थी संघ, तरुण दल, नेपाल महिला संघ, नेपाल दलित संघलगायतका भ्रातृ संस्थाहरुले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा बैतडीका १० वटै स्थानीय तहका कांग्रेस र भ्रातृ संस्थाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।लोकतान्त्रिक चोक शाहीलेकबाट सुरु भएको र्याली गढी हुँदै गोठलापानीमा विरोधासभ

संसद विघटन बिरुद्ध कांग्रेसको तेस्रो चरणको आन्दोलन

काठमाडौं । नेपाली कांग्रेसका १३ विभिन्न भातृ संगठनले सोमबार हुने संसद विघटन बिरुद्धको प्रदर्शनमा सहभागी बन्न सबै सदस्य तथा शुभचिन्तकहरुमा संयुक्त अपील गरेका छन । १३ माघमा बसेको केन्द्रीय समिति बैठकमार्फत माउ पार्टी कांग्रेसले तेस्रो चरणको आन्दोलन स्वरुप १९ माघका लागि भातृ संस्थाहरुलाई विरोध प्रदर्शनको जिम्मा दिएको थियो । सोही अनुरुप नेविसंघ, तरुण दल, महिला संघसहितका १३ विभिन्न भातृ संगठनहरुले सोमबार ७७ वटै जिल्लामा संयुक्त विरोध कार्यक्रमको आयोजना गर्दै छन । ‘संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका बिषयमा सरकारी उदासिनता यी समग्र मुद्दालाई अघि सारेर हुने भोलिको प्रदर्शनमा सहभागी बन्न देशभरका हाम्रा सबै सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायमा हामी हार्दिक आग्रह गर्दछौं,’ कांग्रेसका १३ भ्रातृसंस्थाका अध्यक्षले जारी गरेको संयुक्त अपीलमा भनिएको छ । संयुक्त अपीलमा महिला संघकी अध्यक्ष उमा रेग्मी, तरुण दलतका अध्यक्ष जीतजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, प्रजातन्त्र सेनानी संघका अध्यक्ष टंकप्रसाद शर्मा कडेल, किसान संघका अध्यक्ष मानुभक्त सिग्देल, दलित संघका अध्यक्ष मीनबहादुर विश्वकर्मा, भूतपूर्व सैनिक संघका अध्यक्ष कणर्ल धनबहादुर मास्की राना, आदिवासी जनजाति संघ इन्द्रबहादुर गु

प्रहरीको लाठी लागेर तरुण दल अध्यक्ष बस्नेत घाइते

काठमाडौं – डाक्टर गोविन्द केसीका माग पूरा गर्न दबाब दिंदै तरुण दलले गरेको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा तरुण दलका अध्यक्ष जीतजँग बस्नेतसहित धेरैजना घाइते भएका छन् । अध्यक्ष बस्नेतको टाउको फुटेको र उहाँको निजामती अस्पतालमा उपचार भइरहेको तरुण दलले जनाएको छ । प्रदर्शनकारीको ढुँगा लागेर केही प्रहरी पनि घाइते...

शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमन : तरुण दल

तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले ‘अधिनायकवादी, तानासाही सरकारले अन्धाधुन्ध लाठी र अश्रुग्यास प्रहार’ गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्।

तरुण दल र प्रहरीबीच झडप, ३ वटा सरकारी गाडी तोडफोड

नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको वर्तमान सरकारको विरोध प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।

नयाँ बानेश्वरमा तनाव, तरुण दल र प्रहरीबीच झडप [फोटो फिचर]

५ साउन, काठमाडौं । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको तरुण दलका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । डा. गोविन्द केसीका समर्थकले बानेश्वरमा प्रदर्शन गरिरहेका बेला तरुण दलको प्रदर्शन त्यहाँ पुगेको थियो । तरुण दलका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भयो ।