काठमाडौं : प्रदेशसभाको समानुपातिकतर्फ छ वटा प्रदेशमा नेकपा (एमाले) अगाडि देखिएको छ।निर्वाचन आयोगका अनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले प्रदेशसभाको समानुपातिक तर्फ अग्रस्थानमा छ । मधेस प्रदेशमा भने नेपाली कांग्रेस अगाडि देखिएको छ। मंगलबार दिउँसो १२ : ४५ बजेसम्म प्रदेश नं १ मा १७ लाख १५ हजार पाँच सय सात, मधेसमा १८ लाख ४६ हजार, बागमतीमा १७ लाख ५८ हजार, गण्डकीमा नौ लाख १८ हजार, लुम्बिनीमा १८ लाख ८७, कर्णालीमा पाँच लाख ७७ हजार र स