काठमाडौं- अफ्रिकी मुलुक इथियोपियामा एक दर्जनभन्दा बढी पत्रकार पक्राउ परेको सञ्चारकर्मी तथा अधिकारकर्मी समूहले बताएका छन् । अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेर्दै आएको उक्त धरपकडमा अपराध विरोधी अभियानमा संलग्न चार हजारभन्दा बढी मानिसहरूलाई पक्राउ गरी कडा सुरक्षा नियन्त्रणमा राखेको पत्रकार तथा अधिकार समूहहरूले बताएका हुन् । पछिल्लो समय अभियानबारे समाचार लेखेको आरोपमा पत्रकारहरूलाई पनि निसाना […]