बहुराष्ट्रिय कम्पनीमा रोजगारी दिलाउने भन्दै एक सयभन्दा बढी मानिससँग १.५ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक भारतीय पूर्व पत्रकार पक्राउ परेका छन् ।
भारतीय प्रहरीका अनुसार ती पूर्व पत्रकारले आईपीएस बनेर विदेश तथा दिल्ली–एनसीआरमा बहुराष्ट्रिय कम्पनीमा काम लगाइदिने भन्दै ती मानिसहरूसँग ठगी गरेका हुन् ।
ती पूर्वपत्रकार अनुज प्रकाश हुन् जसले २ समाचार टीभी च्यानलमा काम गरिसकेको पाइएको प्रहरीले जनाएको छ ।
रिटायर्ड मेजर आर हुड्डा र उनकी पत्नी शेफालीले पूर्व पत्रकारले ठगी गरेको भन्दै उजुरी दिएपछि उनी पक्राउ ...