चीनबाट बीबीसी पत्रकार पक्राउ

एजेन्सी, १२ मंसिर । चीनको सांघाईमा जीरो कोभिड नीतिको विरोधमा भएको प्रदर्शनको रिपोर्टिङ गरिरहेको बीबीसी पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । बीबीसीले आफ्ना पत्रकारलाई यसरी पक्राउ गरेकोमा कडा शब्दमा निन्दा गरेको छ । बीबीसीले पत्रकारलाई चिनियाँ अधिकारीहरूले गरेको दुर्व्यवहारप्रति पनि चिन्ता व्यक्त गरेको छ। पत्रकारलाई सांघाईमा भएको विरोध प्रदर्शनको रिपोर्टिङ गर्दा प्रशासनले पक्राउ गरेको थियो। […]