मधुवनको ढोढरी स्वास्थ्य चौकीमा निःशुल्क प्रयोगशाला सेवा

बर्दियाको मधुवन नगरपालिकाले स्वास्थ्य संस्थामा निःशुल्क प्रयोगशाला सेवा दिने घोषणा गरेको छ। नगरपालिकाको वडा नं ४ मा रहेको ढोढरी स्वास्थ्य चौकीमा प्रयोगशाला चेक जाँच पूर्णरुपमा निःशुल्क गरिएको हो। स्वास्थ्य चौकीबाट हुने...

सम्बन्धित सामग्री

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै सिञ्जा

सिञ्जा गाउँपालिकाले स्थानीयलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले विभिन्न रोगसम्बन्धिका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। विशेषज्ञ चिकित्सकबाट पालिकास्थित स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरी यहाँका नागरिकलाई घरदैलोमा निःशुल्क उपचार सेवा दिन थालिएको हो।

धुलिखेलमा एकमहिने निःशुल्क स्वास्थ्य शिविर

काभ्रे :  धुलिखेल नगरपालिकामा स्वास्थ्य शिविर संचालन गरिएको छ। जिवीत फाउन्डेसनको आयोजना, धुलिखेल नगरपालिकाको समन्वय तथा बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा धुलिखेल नगरपालिकाको १२ वटा वडाको १३ वटा स्वास्थ्य चौकीमा निशुल्क महिला, स्त्रीरोग तथा बाझोपन संग सम्बन्धित शिविर संचालन गरिएको हो।शिविर बाट कुल ४ सय ४५ जना लाभान्वित भएको जिवित फाउण्डेशनका उपाध्यक्ष शिव पौडेलले जानकारी दिए। सेवा लिएकाहरू मध्ये १ सय १५ जनाको ट्याप स्नेयर टेष्ट गरिएको थियो भने ८३ जनामा संक्रमण पाइएको छ।संक्रमितको उपचारको

निःशुल्क अल्ट्रा साउण्ड सेवा सुरु

पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले छहरा स्वास्थ्य चौकीमा निःशुल्क अल्ट्रा साउण्ड सेवा सुरु भएको छ ।

ग्लोबल आइएमई बैंकद्वारा निःशुल्क महिला स्वास्थ्य शिविर आयोजना

ग्लोबल आइएमई बैंकले “ग्लोबल आइएमई स्वस्थ नारी पहल अभियान” अन्तर्गत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ । बैंकले पश्चिम रुकुमको मुसीकोट नगरपालिका–७ स्थित साँख स्वास्थ्य चौकी, सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१६ स्थित सानीलेख स्वास्थ्य चौकी, बैतडीको पञ्चेश्वर गाँउपालिका–५ स्थित गिरेगाडा स्वास्थ्य चौकी, डोटीको पूर्वीचौकी गाँउपालिका स्थित सानागाँउ स्वास्थ्य चौकी, दार्चुलाको महाकाली नगरपालिका–७ स्थित धाप स्वास्थ्य चौकी र दैलेखको नारायण नगरपालिका–५ स्थित त्रिवेणी स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर आयोजना गरेको हो ।  बैंकद्वारा आयोजित स्वास्थ्य शिविरमा स्त्रीरोग विशेषज्ञहरुले ७५७ जना महिलाहरुलाई स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएको बैंकले जनाएको छ । नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग तथा सम्बन्धित गाँउपालिका÷नगरपालिकाको समन्वयमा बैंकले यी स्वास्थ्य शिविरहरु आयोजना गरेको होे । शिविरमा महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सरको परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार तथा निशुल्क औषधि वितरण गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका १ जना बिरामी र पाठेघरको क्यान्सरको गम्भीर अवस्था भएका ६ जना बिरामी पहिचान गरिएका छन्, जसलाई स्वस्थ नारी पहल अभियान कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ । यसअघि बैंकले १५औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा सातवटा शिविर सञ्चालन गरेको थियो । बैंकले यो आर्थिक वर्षमा देशभर १४ वटा शिविर सञ्चालन गरेको र देशका ग्रामीण तथा अर्धशहरी क्षेत्रका १ हजार ६६० महिलाहरु लाभान्वित भएको बैंकले जनाएको छ । प्राथमिक स्वास्थ्य सेवाको पहुँच सीमित वा पहुँच नभएका दुर्गम स्थानहरूमा बैंक पुगी यस्ता किसिमका स्वास्थ्य शिविरहरुको आयोजना गर्ने गरेको छ ।बैंकले २८८ शाखा, २५२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

ब्रह्मखेलमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, साढे नौ सयले लिए सेवा

कागेश्वरी स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले ९२१ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् ।

निःशुल्क शिविरबाट ३ सय ५५ ले लिए सेवा

लमजुङ । उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिकामा शनिबार गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ९२ जनाले दाँतसम्बन्धी र २ सय ६३ जनाले आँखासम्बन्धी सेवा लिएका छन् । वडा नम्बर ३ स्थित खुदी स्वास्थ्य चौकीमा सो शिविर भएको थियो । जसमध्ये २७ जना जिल्ला अस्पतालमा रिफर गरिएको जिल्ला अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । शिविरमा जिल्ला अस्पतालका प्रमुख हेमन्त […]

स्वास्थ्य शिविरबाट पाँच सयभन्दा बढीले लिए सेवा

लमजुङ । उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ५ सयभन्दा बढी नागरिकले सेवा लिएका छन् । शनिबार घर्मु स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा ५ सय ५२ जनाले स्वास्थ्य सेवा लिएका हुन् । मस्र्याङ्दी गाउँपालिकाको आयोजनामा र एचडीसीएस लमजुङ जिल्ला सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा शिविरको आयोजना भएको हो । शिविरमा स्त्री रोगसम्बन्धी परीक्षण, दन्त […]

स्वास्थ्य शिविरबाट डेढ सय लाभान्वित

बैतडी । स्वास्थ्य कार्यालय बैतडीले परिवार नियोजनका सेवा गाउँघरमै दिने उद्देश्यसहित जिल्लाको विभिन्न स्थानीय तहहरुमा सञ्चालन गरेको निःशुल्क परिवार नियोजन स्वास्थ्य शिविरबाट डेढ सय लाभान्वित भएका छन् । मंसिर ५ गतेदेखि शुरु भएको उक्त शिविर जिल्लाका आठ स्थानीय तहका विभिन्न स्वास्थ्य चौकीमा सम्पन्न भएको थियो । शिविरबाट १ सय २४ जनाले सेवा लिएका स्वास्थ्य कार्यालय […]

गाउँघरमै निःशुल्क परिवार नियोजन सेवा

नेपाल समाचारपत्र, बैतडी ।  स्वास्थ्य कार्यालय बैतडीले परिवार नियोजनका सेवा गाउँघरमै दिने उद्देश्यसहित बैतडी जिल्लाको विभिन्न स्थानीय तहमा निःशुल्क परिवार नियोजन शिविर सञ्चालनमा आएको छ । जिल्लाका आठ स्थानीय तहका विभिन्न स्वास्थ्य चौकीमा शिविर सञ्चालनमा रहेको हो । पुर्चौडी नगरपालिकाको हाट स्वास्थ्य चौकीबाट मंसिर ५ गतेदेखि शुरु भएको भएको शिविर मंसिर २३ गते डिलाशैनी गाउँपालिकाको […]

निःशुल्क एम्बुलेन्स सेवा

गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–७, मा गर्भवती, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवाको शुरुआत गरिएको छ । वडा कार्यालयले चालू आर्थिक वर्षदेखि वडाभित्रका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती र अपांगता भएका व्यक्तिलाई उपचारका लागि गोरखा अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा शुरू गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । ‘आव २०७८÷७९ वडागत कार्यक्रमअनुसार निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ,’ उनले भने, ‘अब बिरामीले उपचारका लागि जिल्ला सदरमुकाममा पुग्न परे पनि एम्बुलेन्स भाडा तिर्नु पर्दैन ।’ बुंकोट स्वास्थ्य चौकीमा उपचार सम्भव नहुने बिरामीलाई जिल्ला अस्पतालमा पठाउनुपरेमा स्वास्थ्यकर्मीका सिफारिशका आधारमा वडाबाट निःशुल्क सेवा पाउने उनले बताए । स्वास्थ्यकर्मीको सिफारिसका आधारमा अस्पतालमा लैजानुपर्ने भए पनि तोकिएका व्यक्तिलाई आउजाउका लागि एम्बुलेन्स भाडा बिरामीले तिर्नु नपर्ने गरी व्यवस्था मिलाइएको छ । बुंकोट स्वास्थ्यचौकीलाई ‘सम्भव छ नेपाल’ नामक संस्थाले हालै एम्बुलेन्स उपलब्ध गराएको थियो । रासस