तास खेल्दा पैसामा कुरा नमिलेपछि हत्या

दसैँमा तास खेल्ने क्रममा झापाको अर्जुनधारामा एकजनाका हत्या भएको पाइएको छ। अर्जुनधारा–११ नयाँ बसपार्कस्थित एक होटलमा सँगै तास खेलिरहेका व्यक्तिको हत्या भएको हो। १७ असोज अर्थात अष्टमीको दिन तास खेल्ने...

सम्बन्धित सामग्री

१५ दिनमा एक करोडको तास आयात

१६ वैशाख, काठमाडौं । भदौ महिनाको १५ दिनमै ६ लाख ७८ हजार बुक तास आयात भएको छ । सरकारले राजपत्रमार्फत १४ वैशाखमा तास आयातमा प्रतिवन्ध लगाएर १४ भदौमा प्रतिवन्ध खोलेको थियो । तर १५ दिनकै बीचमा १ करोड ३ लाख रुपैयाँ बराबरको तास आयात भएको भन्सार विभागले जानकारी दिएको छ । यसबाट ७४ लाख ६४ […]

दसैंलाई १ करोडको तास आयात

चालू आर्थिक वर्ष २०७९/८० को २ महिनामा विदेशबाट १ करोड ३ लाख ३२ हजार रुपैयाँको तास भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौको अवधिमा उक्त मूल्य बराबरको तास भित्रिएको हो ।विभागका अनुसार यस अवधिमा उक्त मूल्य बराबरको ६ लाख ७८ हजार वटा तास भित्रिएको छ । यसबापत आयातकर्ताले राज्यलाई ७४ लाख ६६ हजार रुपैयाँ बराबरको भन्सार राजश्व बुझाएका छन् । सरकारले विदेशी मुद्राको सञ्चिति जोगाउन भन्दै यही वर्षको वैशाखदेखि तास आयात प्रतिबन्ध लगाएको थियो । तर, पछिल्लोपटक प्रतिबन्ध लगाइएक

एक वर्षमा साढे २१ करोडभन्दा बढीको तास आयात

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले साढे २१ करोड रुपैयाँभन्दा बढीको तास विभिन्न देशबाट आयात गरेको छ ।  भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले उक्त मूल्यको तास आयात गरेको हो । सो अवधिमा २१ करोड ५४ लाख ४५ हजार रुपैयाँको तास नेपाल भित्रिएको विभागले जनाएको छ । उक्त मूल्यमा १ करोड ९ लाख ६० हजार ५४७ बुक तास नेपाल भित्रिएको छ ।  चीन, फ्रान्स, जर्मनी, हंगेरी, भारत र अमेरिकाबाट नेपालमा तास आउने गरेको विभागले जनाएको छ । विभागका अनुसार नेपालमा सबैभन्दा ब

तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

८ फागुन, काठमाडौं । काठमाडौं र काभ्रेबाट १५ जनालाई प्रहरीले तास र नगदसहित पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१२ टेकु ब्रहम टोलमा तास खेलिरहेको अवस्थामा ९ जनालाई नगद ३९ हजार ६६० रूपैयाँ, ५०० भारतीय रूपैयाँ र १ बुक तास सहित प्रहरी पक्राउ गरेको छ । त्यस्तै नमोबुद्ध नगरपालिका-२ खनालथोक काभ्रे बस्ने गोपाल कुईकेलको गोठ घरमा […]

पाँच महिनामा भित्रियो साढे १६ करोडको तास

राष्ट्र बैंकले आयात कडाइ गरेपनि पाँच महिनामै १६ करोड रुपैयाँको तास भित्रिएको छ । यही साताको सोमबार केन्द्रीय बैंकले तास आयात गर्न एलसी खोल्दा बैंकमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । यही तास चालू आर्थिक वर्ष २०७८/७९ को साउन–मंसिर अवधिमा १६ करोड ५६ लाख रुपैयाँको भित्रिएको हो । विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्यांकले उक्त मूल्यको तास भित्रिएको जानकारी दिएको छ ।यस अवधिमा ८४ लाख १० हजार पिस तास भित्रिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यसबापत आयातकर्ताले र

जुवा खेल्नु अपराध, तास आयात निर्वाध

धनगढी : नेपालमा आर्थिक वर्ष २०७५/७६ देखि चालु आर्थिक वर्षको कात्तिक दोस्रो सातासम्म ९४ करोड ८० लाख रुपैयाँ बराबरको तास आयात भएको पाइएको छ।यो वर्षको दशैँ र तिहारका लागि मात्रै ६ करोड रुपैयाँ बराबरका ३३ लाख बुक तास आयात भएको पाइएको हो। जुवा ऐन २०२० ले जुवा खेल्नुलाई गैरकानूनी मानेको छ।कानुनतः जुवातास खेल्न वर्जित गरिए भएपनि आयातमा भने सरकारले कुनै रोकटोक लगाइएको छैन। यस्तो हुदा नहुँदा दशैँतिहारका लागि ठूलो परिमाणको तास भित्रिने गरेको छ। भन्सार तिरेर हरेक वर्ष तास आयात बढ्दो क्रममा देखिएक

तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

प्यूठान नगरपालिका–४ जुम्रीमा तास खेलिरहेको अवस्थामा प्रहरीले  ९ जनालाई पक्राउ  गरेको छ ।   जुम्री रहेको ऐरावती होटलमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ बस्ने २४ वर्षीय सतिस केसी लगायत ९ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ  गरेको जनाएको छ ।होटलमा तास खेलिरहेको  सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले  नगद सहित प्रक्राउ गरेको हो ।  उनीहरुबाट  नगद १ लाख ६५ हजार २ सय ६५ रुपैयाँ, ३ गड्डी तास, ७ थान मोबाइल र ६ वटा मोटरसा

चितवनको तास अब सबैको प्रिय परिकार !

चितवनको तास पछिल्लो समय सबैको प्रिय परिकार बन्न पुगेको छ । चितवनबाट शुरू भए तापनि राजधानी काठमाडौं हुँदै विभिन्न शहरमा चितवनको तास फैलिएको छ । नेपालको रैथाने मौलिक खान त होइन तास तर पनि नेपाली मरमसला प्रयोग गरेर शुद्ध नेपाली स्वादमा पस्कने हुनाले तास परिकार सबैको जिब्रोमा बसेको हो । तासको जन्मदाताको रूपमा गोविन्दप्रसाद तिवारीलाई मानिन्छ । कास्कीबाट विक्रम संवत् ३०३५ सालमा चितवन सरेका थिए उनी । २०४४ सालमा भेटघाट रेस्टुरेन्ट खोलेर अफ्फ्नै घरायसी मसला प्रयोग गरेर तास पस्कन थालेका थिए । चितवनको तास बनाउन चाहि...

होटलमा तास खेल्ने पक्राउ

दाङ, १८ असार । तास खेलिरहेको अवस्थामा ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लमही नगरपालिका ६ स्थित मोडन होटलमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका ५ लमही बस्ने २५ वर्षीय देव प्रसाद चौधरी लगायत ३ जना पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद १ लाख […]

काठमाडौंको एक होटलबाट तास खेलिरहेका २५ जना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका–१६ बहतीपोखरीस्थित फेवा दर्शन होटेलमा तास खेलिरहको अवस्थामा २५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। उक्त होटेलभित्र तास खेलिरहको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई १० लाख ९७ हजार रुपैयाँ नगद, ३० बुक तास र तास खेल्न प्रयोग गरिएको २ सय ५० वटा क्वाईनसहित पक्राउ गरिएको हो।