काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ ।
काठमाण्डौको एक होटलमा सुरु भएको वार्तामा विवाद समाधान कार्यदलले जुटाएको सहमति र मिल्न बाँकी विषयमा छलफल भइरहेको छ । छलफलमा महासचिव विष्णु पौडेलसहित मध्यम तहका नेताहरू पनि सहभागी छन् ।
ओली र नेपालबीच सहमति भएमा आजै संयुक्त वक्तव्य निकाल्ने तयारी रहेकाे बताइएकाे छ ।
यसैबीच नेकपा एमालेको विवाद समाधान कार्यदलले सहमति नजिकै पुगेको दाबी गरेको छ । सिंहदरबारमा आज बुधवार बसेको बैठक...