काठमाडौं महानगरले विस्तार ग-यो कम्पोस्ट मल बनाउने कार्य

काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने फोहोरको थप व्यवस्थापन गर्ने उल्लेख गर्दै कम्पोस्ट मल बनाउने कार्यलाई विस्तार गरेको छ । यसअघि टेकुस्थित ट्रान्सफर स्टेशनमा एक स्थानबाट मात्रै कुहिने फोहोरबाट मल बनाउन सुरु गरेको कामपाले पुनः टेकुमा नै अर्को एक स्थानमा कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउने कार्यको थालनी गरेको छ । परीक्षणका रूपमा टेकुबाट सुरु गरिएको मल […] The post काठमाडौं महानगरले विस्तार ग-यो कम्पोस्ट मल बनाउने कार्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

भरतपुर महानगरले ‘रिङ कम्पोस्ट च्याम्बर’ वितरण गर्ने

१७ असार, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले 'रिङ कम्पोस्ट च्याम्बर' वितरण गर्ने भएको छ । फोहोरलाई स्रोतमा वर्गीकरण गरी फोहोर न्यूनीकरण गर्न तथा कम्पोस्ट मल बनाउन २९ वटै वडामा अनुदानमा च्याम्बर वितरण गर्ने भएको हो । महानगरले सोमबार …

काठमाडौं महानगरमा फोहोरबाट कम्पोस्ट मल बनाउन सुरू

७ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले संकलित कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सुरू गरेको छ । महानगरका अनुसार २७ नम्बर वडाबाट संकलन गरिएको करिब १४ टन कुहिने फोहोरलाई टेकु ट्रान्सफर स्टेसनमा कम्पोस्टिङ सुरू गरिएको हो । फोहोरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सुरू गरिएको महानगरले बताएको छ । घरेलु […]

काठमाडौं महानगरले सुरु गर्‍यो फोहोरबाट कम्पोस्ट मल उत्पादन

काठमाडौं महानगरले कम्पोस्ट मल बनाउन सुरु गरेको छ । टेकुस्थित वातावरण परिसरमा दुई साताअघिदेखि कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सुरु गरेको हो । फोहोरबाट मल बनाउन चितवनको भरतपुर र मध्यपुर थिमीमा रहेको सफा...

काठमाडौं महानगरले कम्पोस्ट मल बनाउन थाल्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनमा कम्पोस्ट मल बनाउने काम शुरू गरेको छ । परीक्षणका रूपमा टेकुबाट शुरू गरिएको मल उत्पादन प्रक्रिया उपत्यकाको अन्य स्थान र आगामी १ महीनाभित्र अन्तिम फोहोर विसर्जनस्थल बञ्चरेडाँडामा पनि शुरू गर्ने तयारी रहेको महानगरको वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । बिहीवार टेकुमा १२ मेट्रिक टन कुहिने फोहोरबाट मल बनाउने काम शुरू गरिएको हो । कम्पोस्ट मल बन्नका लागि १ महीनादेखि बढीमा ३ महीनासम्म समय लाग्ने श्रेष्ठको भनाइ छ । यसअघि काठमाडौं महानगरले उपत्यकामा उत्पादन हुने कुहिने फोहोरलाई यहीँ नै व्यवस्थापन गर्ने र त्यसबाट मल उद्योग सञ्चालन गर्ने भन्दै स्थान खोजेको थियो । एकै स्थानमा पर्याप्त जमीन उपलब्ध नभएपछि महानगरले थोरै ठाउँमा पनि मल बनाउने प्रक्रिया शुरू गरेको जानकारी दिएको छ । श्रेष्ठले भने, ‘सबै फोहोर एकै ठाउँमा जम्मा गर्ने र महानगरको केन्द्रीय कार्यालयले मात्रै यसको व्यवस्थापन गर्छु भन्दा त्यो सफल नहुन सक्छ, सबै वडाले आफ्नो वडामा उत्पादन भएको फोहोरको जिम्मा लिएर कम्पोस्ट मल बनाउन थाल्नुपर्छ ।  रासस

‘अपुग कागजात’ १५ दिनभित्र नबुझाए कोरोना बिमाको फाइल क्लोज

काठमाडौं, पुस ५ । घरघरमै कुहिने फोहोर कम्पोस्ट मल बनाउन काठमाडौं महानगरपालिकाले ‘कम्पोस्ट विन’ वितरण थालेको छ । यसअघि फोहोर बिसर्जन क्रममै ‘कुहिने र नकुहिने फोहोर छुट्याउने’ प्रयास गरिएको थियो । फाल्ने ठाउँ अभावमा स्रोतमै फोहोर वर्गीकरण गर्न नसकिएको बताउने महानगरले अब भने ‘कम्पोस्ट विन’ वितरण थालेको हो । महानगरपालिकाले सार्वजनिक सूचनामार्फत् ‘घरबाट निष्कासन हुने […]

फोहोरबाट मल बनाउन ‘कम्पोस्ट विन’ बाँड्दै महानगर

काठमाडौं । घरघरमै कुहिने फोहोर कम्पोस्ट मल बनाउन काठमाडौं महानगरपालिकाले ‘कम्पोस्ट विन’ वितरण थालेको छ । यसअघि फोहोर बिसर्जन क्रममै ‘कुहिने र नकुहिने फोहोर छुट्याउने’ प्रयास गरिएको थियो । फाल्ने ठाउँ अभावमा स्रोतमै फोहोर वर्गीकरण गर्न नसकिएको बताउने महानगरले अब भने ‘कम्पोस्ट विन’ वितरण थालेको हो । महानगरपालिकाले सार्वजनिक सूचनामार्फत् ‘घरबाट निष्कासन हुने कुहिने स्रोतमा […] The post फोहोरबाट मल बनाउन ‘कम्पोस्ट विन’ बाँड्दै महानगर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फोहोरबाट कम्पोस्ट मल बनाउने प्रविधि जडान गर्दै काठमाडौं महानगर

सहरी विकास मन्त्रालयले उपत्यकाको फोहोर ४० वर्षसम्म डम्पिङ गर्न मिल्ने गरी बन्चरेडाँडा ल्यान्डफिल्ड साइट तयार गरे पनि काठमाडौं महानगरपालिकाले भने यसको पनि विकल्प खोजेको छ । महानगरले उपत्यकाको फोहोरबाट मल उत्पादन...

अस्तव्यस्त काठमाडौं बन्ला व्यवस्थित ?

काठमाडौं देशको राजधानी मात्र नभएर एक प्रमुख शहर जहाँ लाखौको सपना, भविष्य र गन्तव्य जोडिएको शहर हो । दैनिक अर्बाैंको व्यापार हुने यस शहरमा चाहे व्यवसायको निमित्त होस् वा सामाजिक कार्यको निमित्त, चाहे सिंहदरबार चाहार्न होस या औषधि उपचारको निमित्त होस् नेपाली जनताले एकपल्ट ठोक्किनैपर्ने बाध्यता रहिआएको छ । विकासले गति लिँदै गर्दा मेलम्चीले काठमाडौं पनि प्रवेश गरेकै हो । काठमाडौंमा मेट्रो रेल कुद्दैन≤ तर समग्र विकासको गति हेर्दा कतै न कतैबाट यस शहरले लाभ भने अवश्य उठाएको छ । तर, विकासको पूर्णविराम हुँदैन । हिजोको तुलना गर्दैमा विकासले आजको स्तर कायम गर्न सकेको मान्न सकिँदैन । हिजोको तुलना गरी हेर्दा काठमाडौंले ठूलै फड्को मारेको हुन सक्छ । तर, अझै पनि पानीको निमित्त संघर्ष गर्नुपर्ने अवस्था छ । पहेलो पानी प्रयोग गर्न बाध्यता रहिआएको छ । फोहोर संकलनको निमित्त मासिक रकम तिरे पनि फोहोर समयमा नउठ्ने समस्या छ । स्वच्छ हावा प्राप्त गर्न पाउनु पनि एउटा संघर्षसरह देखिन्छ यहाँ । वर्षा याममा बाटोमै नहर बनेर यातायात ठप्प पारेको देखिन्छ । सवारी जामले गर्दा दिनचर्या नै प्रभाव पार्न थालेको छ । काठमाडौंवासीलाई पिरोल्ने अर्को कुरा महँगी हो । चाहे छोराछोरी पढाउन तिरिने शुल्क होस् या दैनिक रासन पानीको शुल्क – दिनहुँ काठमाडौं महँगिँदै गएको देखिन्छ । यातायात सेवा प्रयोग गर्न खेप्नुपर्ने भीडभाड एकातर्फ छ भने त्यसकै मूल्य पनि महँगो भइसकेको देखिन्छ । काठमाडौंको अँध्यारो पाटो हेर्ने हो भने लागू पदार्थको कुलत अर्को जटिल समस्याको रूपमा देख्न सकिन्छ । यहाँ अपराध सुनसान कोठाभित्र हुन थालेको छ र यो दैनिक बढेको देखिन्छ । कतै भोकमरी अनि कतै कुलतले काठमाडौं व्यस्त शहर भएर देखिन थालेको छ । यहाँ सबै तिरबाट प्रत्यक्ष प्रभाव पार्न सकिने माध्यम र कारण भेटिन्छन् । कोही साग बेचेरै गुजारा चलाइरहेका हुन्छन, अनि कोही लाखौं कमाउँदा पनि पर्याप्त नभएको गुनासो गर्छन् । बेरोजगारीले थला पारेको यस शहरमा कोही खाडी र कोही अस्ट्रेलिया अमेरिकामा भविष्य देख्नेहरूको बिगबिगी छ । एकथरी समूह त्यसैमा व्यवसाय गर्न तत्पर देखिन्छन् । प्रदूषित शहरका रूपमा काठमाडौं चिनिन थालेको छ, यहाँको वायुको खराबस्तर बेला बेला उच्च बिन्दुमा पुगेर बाहिर हिँड्नसमेत कठिन हुने अवस्था आउने गरेको छ । काठमाडौंलाई यही अवस्थामा छोड्नेभन्दा पनि सुधारको दायरामा ल्याउन आवश्यक छ । यहाँ थप विकासभन्दा पनि भइरहेको अवस्थालाई सुधार दिलाउनुपर्ने देखिन्छ । त्यसको निमित्त काठमाडौंलाई अहिले तत्काल सम्बोधन गरी हाल्नुपर्ने आवश्यकता छ । भविष्यलाई हेरेर प्राथमिकताको आधारमा छुट्ट्याई विकासलाई अर्को गति प्रदान गर्न आवश्यक छ । काठमाडौं वासीलाई धुरुक्कै पारेको भनेको फोहोरको समस्याले हो । ल्यान्डफिल साइटमा बेला बखत देखिने समस्यालाई दिगो समाधान आवश्यक छ । यसको विकल्पतर्फ समयमै अध्ययन गर्न आवश्यक छ । फोहोर फ्याल्नु आफैमा समाधान होइन, त्यसको प्रशोधनतर्फ पनि समयमै उन्मुख हुन सकेमा दिगो समाधान निस्कने थियो । कम्पोस्ट मल बनाउन होस् या फायर ब्रिकेट उत्पादनको निमित्त होस् उचित व्यवस्थापनले यसको समाधान दिलाउने थियो । काठमाडौंमा अहिले पनि सार्वजनिक शौचालयको बेहाल छ । यसको उचित व्यवस्थापनमा महानगरले ध्यान दिन आवश्यक छ । बढ्दो शहरीकरणले गर्दा काठमाडौंमा पार्किङको समस्या उच्च रहेको देखिन्छ । मूलत: काठमाडौंको न्यूरोड, दरबारमार्गजस्ता ठाउँमा सवारीसाधन राख्ने ठाउँसम्म नहुने हुँदा छुट्टै समस्या आइपरेको छ जसको निमित्त समाधान र ध्यान आवश्यक छ । ढल व्यवस्थापनको पनि ठूलो समस्या छ । ढलको उचित तरीकाले व्यवस्थापन गर्न सके काठमाडौंभित्र बग्ने खोला प्रदूषित हुने थिएनन् । कतिपय विषय जस्तो काठमाडौंको सडकमा हुने जामलाई नियन्त्रण गर्न सकिँदैन, यो बढ्दो शहरीकरणले निम्त्याउने एउटा पक्ष नै हो । तर, जामलाई व्यवस्थित गर्न भने अवश्य सकिन्छ । सर्वप्रथम त आवश्यक ठाउँमा ट्राफिक लाईट जडान गर्नुपर्छ । त्यसपछि उक्त ट्राफिक लाइटको प्रयोग पनि आवश्यक छ । अहिले पनि काठमाडौंको कतिपय ठाउँमा ट्राफिक लाइट भए पनि त्यसको प्रयोग भएको भेटिँदैन । मुख्य बाटोभन्दा फरक अर्को वैकल्पिक बाटो हुन सक्छ, त्यसको निर्माण र सुधार गर्न सके पनि जाममा हुने समस्याको न्यूनीकरण हुने थियो । यहाँ पानीको समस्या, महँगीको समस्याले पनि उस्तै समस्या निम्त्याएको छ । समाधान खोज्दै जाँदा काठमाडौं अवसरको शहर भनेर बिर्सन हुँदैन । अहिले पनि काठमाडौं भ्रमण गर्ने आन्तरिक र विदेशी पर्यटकको संख्या उल्लेखनीय छ । यहाँका धार्मिक स्थलमा व्यापक सुधार आवश्यक छ । तिनकुने जस्तो ठाउँलाई सदुपयोग गर्न आवश्यक छ । त्यति क्षेत्रमा पर्याप्त वृक्षरोपण गर्न सके मात्र पनि वातावरणमा ठूलो राहत हुने थियो । निजी शिक्षा महँगो भएको हुँदा सार्वजनिक शिक्षामा गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकता देखिन्छ । महँगो नै गुणस्तरीय हुन्छ भन्ने छैन भनेर प्रमाणित गर्न आवश्यक छ । अस्तव्यस्त बनेको राजधानीलाई एउटा गति प्रदान गर्न सकेमा नयाँ स्वरूप भेटिने थियो । एकै पटक मेट्रोको परिकल्पना गर्नुभन्दा पनि क्रमश: हुने विकासलाई अपनाउन आवश्यक छ । काठमाडौं शहरमा अहिले ठूलाठूला विकासभन्दा पनि उचित व्यवस्थापन खाँचो छ, जसले आवश्यक आधारभूत विषयहरू सम्बोधन गर्न सक्नेछ । विकास एकतर्फी पक्कै हुँदैन हातेमालो आवश्यक छ । अब पनि काठमाडौं वर्षामा हिलोमाडौं र सुक्खा याममा धूलोमाडौं नरहोस् । नयाँ नेतृत्वले यस महानगरलाई उदाहरणका रूपमा प्रस्तुत गर्न सकून् । रेग्मी बैंकर हुन् ।