स्याङ्जा २ मा फर्जी मत खसालेको एमालेको आरोप,अन्योलमा  मतगणना

 स्याङ्जा :  स्याङ्जा २  चापाकोट नगरपालिकाका विभिन्न बुथमा फर्जी मत खसालेको भन्दै  मतगणना अन्योलमा परेको छ। नेकपा एमालेका  केन्द्रीय  सचिव तथा उमेद्धवार  पद्मा अर्यालले फर्जि मत परेको भन्दै  पुनः मतदान गर्न  माग गरेकी छन्। आइतबार भएको निर्वाचनको मतगणना आउन सकेको छैन। कहिले मतगणना हुन्छ भन्ने यकिन हुन सकेको छैन।

सम्बन्धित सामग्री

स्याङ्जा–२ मा केहीबेरमा मतगणना सुरू हुँदै

स्याङ्जा क्षेत्र नंं. २ मा मतदान भएको १० दिनपछि मतगणना सुरु हुँदैछ  । निर्वाचन आयोगको निर्देशनपछि बुधबार बसेको सर्वदलीय बैठकले मतगणना सुरु गर्ने निर्णय गरेको हो । बुधबार राती ९ बजेबाट मतगणना सुरु हुने निर्वाचन कार्यालय स्याङ्जाले जनाएको हो । आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना गर्न आयोगले निर्देशन दिएको हो । स्याङ्जा २ चापाकोट नगरपालिकाका ४ वटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरी फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पाटीले पुनः मतदानको माग गरेका थिए

बाजुरा र स्याङ्जामा कसरी भयो मतगणनाको निर्णय ?

१४ मंसिर, काठमाडौं । बाजुरा र स्याङ्जा २ मा मतदान भएको १० दिनपछि मात्र निर्वाचन आयोगले मतगणना सुरु गर्ने निर्णय गर्‍यो । केही मतदान केन्द्रमा फर्जी मत खसालेको, बुथ कब्जा गरेको उजुरी परेपछि छानबिन गरेर निश्कर्ष दिन आयोगले ढिलाइ गरेको हो । आयोगका पदाधिकारीबीच यी ठाउँमा पुन मतदान गर्ने वा मतगणना गर्ने भन्नेमा विवाद हुँदा […]

७ दिन बित्दा समेत मतगणना हुन सकेन

स्याङ्जा ।  स्याङ्जा क्षेत्रनम्बर २ मा ७ दिन बित्दासमेत मतगणना हुन सकेको छैन । कहिले र कति बेला शुरू हुन्छ भन्नेमा अन्योल छ । चापाकोट नगरपालिकाको विभिन्न मतदानस्थलमा बुथ कब्जा गरेर कांग्रेसले मत खसालेको एमालेको आरोप छ । यता सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको कांग्रेसको दाबी छ । चापाकोटका विभिन्न बुथमा जबरजस्ती गठबन्धनले फर्जी मत […]

स्याङ्जा २ मा अझै हुन सकेन मतगणना, सयौं फर्जी मत खसेको भन्दै एमालेको अवरोध जारी

स्याङ्जा : स्याङ्जा क्षेत्र नं २ को मतगणना विवाद झन चुलिएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेले मृत्यु भइसकेको १३१ जना व्यक्तिको नाममा मतदान भएको आरोप लगाएको छ। एमालेले लगायत केही दलले सोमबार नै पुन: मतदान गर्नुपर्ने माग राख्दै पत्रकार सम्मेलन गरेको थियो। गठबन्धन दलले चापाकोट नगरपालिकाका ४ वटा बुथमा कब्जा…

स्याङ्जा २  मा विवाद : तीन दिन बित्दासमेत मतगणना हुन सकेन

पाल्पा : स्याङ्जा क्षेत्र नम्बर २ मा तीन दिन बित्दासमेत मतगणना हुन सकेको छैन। कहिले र कतिबेला सुरु हुन्छ भन्नेमा अन्योल छ।चापाकोट नगरपालिकाको विभिन्न मतदानस्थलमा बूथ कब्जा गरेर कांग्रेसल मत खसालेको एमालेको आरोप छ।  यता सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको कांग्रेसको दाबी छ।चापाकोटका विभिन्न बुथमा जबरजस्ती गठबन्धनले फर्जी मत खसालेको एमालेका उम्मेदवार पद्मा अर्यालले आरोप लगाएकी छन्। निष्पक्ष रूपमा मतदाताले मत खसालेको कांग्रेसका उम्मेदवार धनराज गुरुङले दाबी गरे। अहिले धाँधली भएको बुथमा