पाल्पा : स्याङ्जा क्षेत्र नम्बर २ मा तीन दिन बित्दासमेत मतगणना हुन सकेको छैन। कहिले र कतिबेला सुरु हुन्छ भन्नेमा अन्योल छ।चापाकोट नगरपालिकाको विभिन्न मतदानस्थलमा बूथ कब्जा गरेर कांग्रेसल मत खसालेको एमालेको आरोप छ। यता सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको कांग्रेसको दाबी छ।चापाकोटका विभिन्न बुथमा जबरजस्ती गठबन्धनले फर्जी मत खसालेको एमालेका उम्मेदवार पद्मा अर्यालले आरोप लगाएकी छन्। निष्पक्ष रूपमा मतदाताले मत खसालेको कांग्रेसका उम्मेदवार धनराज गुरुङले दाबी गरे। अहिले धाँधली भएको बुथमा