स्याङ्जा क्षेत्र नंं. २ मा मतदान भएको १० दिनपछि मतगणना सुरु हुँदैछ । निर्वाचन आयोगको निर्देशनपछि बुधबार बसेको सर्वदलीय बैठकले मतगणना सुरु गर्ने निर्णय गरेको हो । बुधबार राती ९ बजेबाट मतगणना सुरु हुने निर्वाचन कार्यालय स्याङ्जाले जनाएको हो । आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना गर्न आयोगले निर्देशन दिएको हो । स्याङ्जा २ चापाकोट नगरपालिकाका ४ वटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरी फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पाटीले पुनः मतदानको माग गरेका थिए