झापा : नेपाली कांग्रेस झापाले १४ नेता तथा कार्यकर्तालाई कारबाहीको लागि सिफारिस गरेको छ। स्थानीय तह सदस्य निर्वाचनमा पार्टीको निर्देशन विपरीत बागी उम्मेदवारी दिने र तिनका प्रस्तावक र समर्थक १४ जना कारबाहीमा परेको कांग्रेस झापाका सभापति देउकुमारथेबेले जानकारी दिए।कारबाहीमा पर्नेहरूमा बिर्तामोड नगरपालिका ९ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने जयराज ढकाल, प्रस्तावक भीमराज प्रसाईँ र समर्थक भरत न्यौपाने, बिर्तामोड ४ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने हेमकुमार खड्का, प्रस्तावक राजकुमार प