कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण ह्वात्तै बढेपछि अति आवश्यक बनेको अक्सिजन उत्पादनका लागि लगानी सहायतालाई नेपाल राष्ट्र बैङ्कले उच्च प्राथमिकतामा राखेको छ ।
राष्ट्र बैङ्कले चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै अक्सिजन उत्पादन गर्न चाहने उद्योगी तथा व्यवसायीलाई बैङ्कहरूले आधार दरमै ऋण उपलब्ध गराउने गरी व्यवस्था गरेको छ । केन्द्रीय बैङ्कले समीक्षामार्फत पछिल्ला दिनमा उच्च माग रहेको अक्सिजन उद्योग स्थापनाका लागि सहुलियत दरमा ब्याजदर दिने नीतिगत निर्णय गरेको हो ।