आवेदक सबैलाई आँखुखोलाको शेयर

काठमाडौं - आँखुखोला हाइड्रोपावर कम्पनीले आवेदक सबैलाई १० कित्ताका दरले साधारण शेयर (आइपिओ_ वितरण गरेको छ ।  कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले आज साधारण शेयरको बाँडफाँट गरेको हो । कूल ४७ हजार ४०० आवेदकले २० कित्ता शेयर प्राप्त गरेका छन् भने ३५ हजार ९१६ आवेदकले १० कित्ताका दरले शेयर ...

सम्बन्धित सामग्री

नेप्सेमा रिभर फल्स पावरको शेयर सुचिकृत, कतिमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रिभर फल्स पावरको शेयर सुचिकृत भएको छ। आज कम्पनीको ७० लाख कित्ता शेयर सुचिकृत भएको हो ।शेयर सुचिकृत भएसंगै बिहिबारबाट कम्पनीको शेयर कारोबार गर्न सकिने छ । बिहिबार स्पेसन प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य भएपछि नियमित सत्रमा कम्पनीको कारोबार गर्न सकिनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ८७.९८ रुपैयाँदेखि २६३.९४ रुपैयाँसम्मको रेन्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोवार हुन सक्ने ब्यबस्था छ । कम्पनीको RFPL सिम्बलबाट कारोबार हुने छ ।कम्पनीले कम्पनीले बैशाख २८ गते देखि जेठ ४ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्बसाधारणलाई २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ५४ हजार ६ सय कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको थियो भने १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बांकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका थिए । आईपिओमा कुल १८ लाख ५९ हजार २ सय ४२ जना बाट २ करोड १३ लाख ९४ हजार ६ सय ३० कित्ताको आवेदन परेको थियो । जस मध्ये ४९ हजार ९ सय ८३ जनाको आवेदन रद्द भएको थियो । १८ लाख ९ हजार २ सय ५९ जनाको आवेदन सदर भई शेयर पाउनको लागि योग्य भएका थिए । आईपिओमा माग भन्दा बढीको परेकोले योग्य रहेका १८ लाख ९ हजार ५९ जना आवेदकलाई समावेश गराएर गोलाप्रथाद्वारा शेयर बाँडफाँड गरिएको थियो । यसबाट २ लाख ५३ हजार ८ सय ९० आवेदकले १० कित्ताको दरले शेयर पाएका थिए भने आवेदन दिएका मध्ये १६ लाख ५ हजार ३ सय ५२ जना आवेदक हात खाली भएका थिए। रिभल फल्स पावरले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आगामी असार मसान्त भित्र आयोजना सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ।

कुन मूल्यमा भयो सिवाईसी नेपाल लघुवित्तको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिवाईसी नेपाल लघुवित्तको शेयर कारोबार सुचारु भएको छ । आजको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो  । कम्पनीको पहिलो कारोबार ३८२.२ रुपैयाँमा भएको छ । कम्पनीको CYCL सिम्बलबाट कारोबार सुरु भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ३४४.३६ रुपैयाँदेखि १०३३.०८ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो । यस रेन्ज बीचको जुनसुकै मूल्यमा रहेर कम्पनीको पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहेकोमा ३८२.२ रुपैयाँमा पहिलो कारोबार भएको हो। स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भएर मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको कारोबार हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । शुक्रबार कम्पनीको १२ लाख १६ हजार ४ सय १८ कित्ता शेयर सुचिकृत भएको थियो  ।कम्पनीले बैशाख २ गतेदेखि बैशाख ६ गतेसम्म आईपिओ निष्काशन गरेको थियो ।  कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरका ३ लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको थियो । कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको थियो । बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए। आईपिओमा कुल २२ लाख ५ हजार ६ सय ६३ जनाको आवेदन परेको थियो । जस मध्ये ३ हजार २ सय ७२ जनाको आवेदन रद्द भएको थियो । योग्य रहेका २२ लाख २ हजार ३ सय ६१ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर आईपिओ बाँडफाँड गरिएको थियो । जस अनुसार गोलाप्रथाबाट ३६ हजार ९ सय ४८ जनाले १० कित्ताको दरले शेयर पाएका थिए । ति मध्ये ८ जनाले थप १ कित्ता शेयर पाउँदा लगानीकर्ताले अधिकतम ११ कित्ता शेयर पाएका थिए । आवेदन दिएका मध्ये २१ लाख ६८ हजार ६ सय ८५ जना आवेदक हात खाली भएका थिए।

नेप्सेमा सिवाईसी नेपाल लघुवित्तको शेयर सुचिकृत, कतिमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिवाईसी नेपाल लघुवित्तको शेयर सुचिकृत भएको छ । शुक्रबार कम्पनीको १२ लाख १६ हजार ४ सय १८ कित्ता शेयर सुचिकृत भएको हो ।कम्पनीको शेयर सुचिकृत भएसंगै सोमबारबाट कम्पनीको शेयर कारोबारमा आउने छ । कम्पनीको CYCL सिम्बलबाट कारोबार हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ३४४.३६ रुपैयाँदेखि १०३३.०८ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ। यस रेन्ज बीचको जुनसुकै मूल्यमा रहेर कम्पनीको पहिलो कारोबार हुन सक्ने छ । सोमबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भएर मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको कारोबार हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । कम्पनीले बैशाख २ गतेदेखि बैशाख ६ गतेसम्म आईपिओ निष्काशन गरेको थियो ।  कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरका ३ लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको थियो । कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको थियो । बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए। आईपिओमा कुल २२ लाख ५ हजार ६ सय ६३ जनाको आवेदन परेको थियो । जस मध्ये ३ हजार २ सय ७२ जनाको आवेदन रद्द भएको थियो । योग्य रहेका २२ लाख २ हजार ३ सय ६१ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर आईपिओ बाँडफाँड गरिएको थियो । जस अनुसार गोलाप्रथाबाट ३६ हजार ९ सय ४८ जनाले १० कित्ताको दरले शेयर पाएका थिए । ति मध्ये ८ जनाले थप १ कित्ता शेयर पाउँदा लगानीकर्ताले अधिकतम ११ कित्ता शेयर पाएका थिए । आवेदन दिएका मध्ये २१ लाख ६८ हजार ६ सय ८५ जना आवेदक हात खाली भएका थिए।

बलेफी हाइड्रोको आईपिओ बाँडफाँड, २० लाख बढी आवेदक हात खाली, ३ जनाले पाए ११ कित्ता

बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज मंगलबार बिहान ९ बजे क्यापिटलको नक्साल स्थित कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।  क्यापिटलका अनुसार आईपिओमा २१ लाख ७१ हजार ७ सय ४० जनाले २ करोड ४४ लाख ७ सय १० कित्ताको लागि आवेदन दिएका थिए ।  जस मध्ये ३ हजार ६ सय ४० जनाको आवेदन रद्द भई २१ लाख ६८ हजार १ सय जना आवेदकको आवेदन मात्र योग्य रहेको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराई आईपिओ बाँडफाँड गरिएको छ ।  जस अनुसार १ लाख ६६ हजार ३ सय ४५ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । यसरी शेयर बाँडफाँड गर्दा ३ कित्ता शेयर बाँकि रहेकोले त्यसलाई पुन बाँडफाँड गरिएको छ । १ लाख ६६ हजार ३ सय ४५ १० कित्ता शेयर शेयर पाउने  १ लाख ६६ हजार ३ सय ४५ जना मध्येबाट १० कित्ता भन्दा बढी शेयरको लागि आवेदन दिएकालाई गोलाप्रथामा समावेश गराई पुन बाँडफाँड गरिएको छ । जसमा ३ जनाले १ कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा ३ जनाले ११ कित्ता शेयर पाएका छन् भने आवेदन दिएका मध्ये २० लाख ५ हजार ३ सय ९५ जना आवेदक हात खाली भएका छन्  । बलेफी हाइड्रोले सर्वसाधारणलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको थियो  भने ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको थियो । बाँकि रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ता सर्वसाधारणको लागि खुला गरिएको थियो। कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविकको गुम्बा र गोल्चे गा.वि.स.हरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ  ।

नेप्सेमा राष्ट्र उत्थान लघुवित्तको शेयर सुचिकृत, कतिमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा राष्ट्र उत्थान लघुवित्तको शेयर सुचिकृत भएको छ । आज बिहिबार कम्पनीको २६ लाख कित्ता शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आगामी आइतबारदेखि कम्पनीको सेयर कारोबार हुन सक्ने छन् । नेप्से कम्पनीको पहिलो कारोबारको लागि १६७.४३ रुपैयाँदेखि ५०२.२९ रुपैयाँसम्मको रेन्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार सुरु हुन सक्ने छ । कम्पनीको RULB सिम्बलबाट कारोबार हुने छ । कम्पनीले एनआईबिएल एस क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ। यस संगै राष्ट्र उत्थान लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने लगायत कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु एनआईबिएल एस क्यापिटलले गर्ने छ।राष्ट्र उत्थानले फागुन ४ देखि आइपीओ निष्काशन गरेको हो। कम्पनीले ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।  ८ लाख ५० हजार कित्ता मध्ये शुन्य दशमलब ५ प्रतिशत अर्थात १३ हजार कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । सर्वसाधारणले ७ लाख ९४ हजार ५०० कित्ताको लागि आवेदन दिएका हुन्।   कम्पनीको आईपिओमा २५ लाख ८५ हजार २ सय ६१ जनाले आवेदन दिएका थिए  । जस मध्ये ५ हजार ८ सय ५९ जनाको आवेदन रद्द भएको छ  । योग्य आवेदकको संख्या २५ लाख ७९ हजार ४ सय २ जना कायम भएको र उनीहरुले कुल १ करोड ९४ लाख ६७ हजार २ सय १० कित्ताको लागि आवेदन दिएका थिए । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको थियो  । यस हिसाबमा  गोलाप्रथाबाट ७९ हजार ४ सय ५० जनाले १० कित्ताको दरले पाएक थिए । आवेदन दिएका मध्ये २५ लाख ५ हजार ८ सय ११ जना आवेदक हात खाली भएका थिए। कम्पनी परिचयराष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड २०७५÷०६÷१४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस कम्पनीले मिति २०७५÷१०÷१६ गते “घ” वर्गको वित्तीय संस्थाको रूपमा राष्ट्रियस्तर कार्यक्षेत्र रहने गरी वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरी  मिति २०७५÷११÷८ गतेदेखि औपचारिक रुपले वित्तीय कारोवार शुभारम्भ भएको हो । हाल यस कम्पनीको ३९ जिल्लामा रहेका ९५ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ  । वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १३ साँगामा रहेको छ । लघुवित्त संस्था हुनुपूर्व यस संस्थाले नेपाल ग्रामीण विकास संस्थाको नामबाट  लघुवित्त सम्बन्धी सेवा सञ्चालन गरिराखेको थियो ।पूँजी संरचनाकम्पनीको अधिकृत पूँजी पचास करोड रहेको छ । सर्वसाधारणलाई आठ करोड पचास लाख रकम बराबरको शेयरको निष्काशन पश्चात् कम्पनीको चुक्ता पूँजी  छब्बिस करोड पुगेको छ र संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व क्रमश ६७.३१ प्रतिशत र ३२.६९ प्रतिशत हुने छ  ।संस्थापक÷सञ्चालक विवरणकम्पनीको आधारभुत शेयरधनीहरुमा नेपाल ग्रामीण विकास संस्था, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक लिमिटेड रहेका छन् । यी संस्थासंग कम्पनीको क्रमश ७ लाख ५० हजार, ५ लाख ५० हजार र ३ लाख कित्ता शेयर रहेको छ ।

प्रभु बैंकको ४ लाख ९७ हजार कित्ता संस्थापक शेयर लिलाममा

प्रभु बैंक Prabhu Bank Limited ले झन्डै ५ लाख कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको छ । बैंकले असोज १७ गतेदेखि बैंकको ४ लाख ९७ हजार ८ सय ११ कित्ता कित्ता संस्थापक शेयर लिलाममा ल्याएको हो  । बैंकले असोज १७ देखि असोज २५ गतेसम्म यी संस्थापक शेयर लिलाम गर्न लागेको हो । शेयर लिलाम प्रक्रियाको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले ति शेयरको न्युनतम मूल्य प्रति कित्ता २०५ रुपैयाँ कायम गरेकोले आवेदन दिंदा सो भन्दा बढी मूल्य कबुल गरेर आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । आवेदन दिंदा न्युनतम १००० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।  हाल कायम संस्थापक शेयरधनी वा जो कोहि व्यक्ति, कम्पनी , संघ, संस्थाले यस लिलामीको शेयरमा आवेदन दिन सक्ने छन् ।  आवेदन दिनको लागि कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, र  बीमा समितिले तोकेबमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने छ। हाल कायम शेयरधनीले भने आफ्नो शेयरधनी नम्बर पनि उल्लेख गर्नु पर्ने छ । आवेदक संस्था भएमा संस्थाको कर चुक्ता विवरण, संचालक समितिले शेयर खरिद गर्ने निर्णय गरेको माईन्युट पनि पेश गर्नु पर्ने छ । बैंक, वित्तीय संस्थाको संस्थापक शेयर खरिद गर्न योग्य जो सुकै व्यक्ति, कम्पनी, संस्घ, संस्थाले आवेदन दिन सक्ने छन् । लिलामीको शेयरको बोलपत्र कार्तिक १ गते खोलिने क्यापिटलले जनाएको छ  ।

आँधिखोला लघुवित्तको आइपिओ १२ दशमलव ४८ प्रतिशतले मात्रै पाए

काठमाडौैं । आँधिखोला लघुवित्तको साधारण शेयर (आईपीओ) बाँडफाँड भएको छ । लघुवित्तको आईपीओमा गोलाप्रथाबाट ३७ हजार ५०० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।   यो कूल आवेदक संख्याका १२.४८ प्रतिशत ...

माथिल्लो तामाकोशीको शेयर सबैलाई

काठमाडौं –  माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गएको कात्तिक १५ गतेदेखि १९ गतेसम्म बिक्री गरेको साधारण शेयर सबै आवेदकले पाएका छन् ।  आज यहाँ आयोजित एक कार्यक्रममा बिक्री प्रबन्धक नागरिक लगानी कोषले कम्पनीको साधारण शेयरबाट सबै आवेदक लाभान्वित भएको जनाएको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार शेयर...