उपकार लघुवित्तको आईपिओ बाँडफाँड, २४ सय जनाको आवेदन रद्द , ६ जनाले पाए ११ कित्ता शेयर

उपकार लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिंगले आज शुक्रबार बिहान ८ बजे शेयर बाँडफाँड गरेको हो ।आईपिओमा कुल २३ लाख ५१ हजार ४ सय ६२ जनाले आवेदन दिएकोमा २ हजार ४ सय ६ जनाको आवेदन रद्द भएको छ। योग्य रहेका २३ लाख ४९ हजार ५६ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ । जस अनुसार गोलाप्रथाबाट २२ हजार १ सय १५ मात्र शेयर पाएका छन् । यी मध्ये ६ जनाले ११ कित्ता शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २३ लाख २९ हजार ३ सय ४७ जना आवेदक हातखाली भएका छन् ।कम्पनीले चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले प्रति शेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपिओ निष्काशन गरेको हो । जस मध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता शेयर कर्मचारीहरुको लागि छुट्याईएको थियो भने ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । आईपिओमा आवेदन दिएका मध्ये २३ लाख २९ हजार ३ सय ४७ जना आवेदक हात खाली भएका छन् ।कम्पनीको मुख्य कार्यालय बाँकेमा रहेको छ । यो लुम्बिनीमा रहेको प्रादेशिकस्तरको लघुवित्त हो । यो पनि : उपकार लघुवित्त आईपिओ रिभ्यु: यसै वर्ष ७ करोड नाफा लक्ष्य, पहिलो कारोबार '१२ सय प्लसमा'

सम्बन्धित सामग्री

अभियान लघुवित्तको आईपिओ बाँडफाँडः २३ सय जनाको आवेदन रद्द

काठमाडौं, साउन ३० । अभियान लघुवित्तले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा शेयर बाँडफाँड गरिएको हो । क्यापिटलका अनुसार कम्पनीको आईपिओमा कुल १९ लाख ८० हजार ९ सय ७० जना आवेदकबाट २ अक्रोद १९ लाख १२ हजार ६ सय ७० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये […]

हिमालयन हाइड्रोको आईपिओ बाँडफाँड, १७ सय ५८ जनाको आवेदन रद्द

हिमालयन हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बिहान  शेयर बाँडफाँड गरेको हो। कम्पनीले  असार १५ देखि असार १९ गतेसम्म सर्बसाधारणलाई आईपिओ निष्काशन गरेको थियो।  कम्पनीले सर्वसाधारणलाई १९ लाख ६८ हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ९८ हजार ४ सय १३ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो भने ३९ हजार ३ सय ६५ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो ।  बाँकि रहेको १८ लाख ३० हजार ४ सय ७२ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।   कम्पनीले स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको ६ लाख १८ हजार २ सय ५० कित्ता शेयर पनि सर्बसाधारणलाई निष्काशन गरेको थियो।क्यापिटलका अनुसार आईपिओमा कुल १५ लाख ९५ हजार ५ सय ५४ जनाले आवेदन दिएका छन् । जस मध्ये १ हजार ७ सय ५८ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १५ लाख ९३ हजार ७ सय ९६ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफाँड गरिएको छ । जस अनुसार  १ लाख ८३ हजार ४७ जनाले शेयर पाएका छन् । जस मध्ये २ जनाले ११ कित्ता शेयर पाएका छन् भने अन्यले १० कित्ता शेयर पाएका छन् ।कम्पनीले कास्कीमा  ११.८८ मेगावाटको नामर्जुन मादी आयोजना निर्माण सम्पन्न गरि विजुली उत्पादन गरिरहेको छ ।

दोर्दीखोलाको आईपिओ बाँडफाँडः ९ जनाले पाए ११ कित्ता , ८८२ जनाको आवेदन रद्द

काठमाडौं, असार ८ । दोर्दीखोला जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले बुधबार बिहान क्यापिटल कै कार्यलयमा शेयर बाँडफाँड गरेको हो । कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गते गतेसम्म सर्बसाधारणलाई २१ लाख ९५ हजार ५ सय ९ कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ३ प्रतिशत अर्थात् […]

बिन्ध्यबासिनी हाइड्रोको आईपिओ बाँडफाँड, २७ सय जनाको आवेदन रद्द

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले आज दिउँसो क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।कम्पनीले जेठ २० गतेदेखि  जेठ २५ गते अन्तिम सर्बसाधारणलाई १५ लाख कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ६० हजार कित्ता कर्मचारीको लागि र ७५ हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो।  बाँकि रहेको १३ लाख ६५ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका दिए ।   क्यापिटलका अनुसार कम्पनीको आईपिओमा १७ लाख ९१ लाख ८ सय ९५ जनाको आवेदन परेकोमा २ हजार ७ सय ३८ जनाको आवेदन रद्द भएको छ। १७ लाख ८९ हजार १ सय ५७ जना आवेदक योग्य भएका छन् । आईपिओमा माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जस अनुसार गोलाप्रथाबाट १ लाख ३६ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १६ लाख ५५ हजार ३ सय ९५ जना आवेदक हात खाली भएका छन् ।  आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । आईपिओ प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ ।  जस अनुसार बिक्रि प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital/,  सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,  सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र  विन्ध्यवासिनी हाइड्रोको वेबसाइट https://bindhyabasinihydro.com.np/  बाट हेर्न सकिने छ । कम्पनीले यस अघि  पहिलो चरणमा लमजुङ र कास्कीका स्थानीयलाई १० करोड मूल्यका १० लाख कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले कास्कीको रुदी खोलामा रुदी ए र रुदी बि गरि कुल १५.४ मेगावाटको आयोजना संचालन गरिरहेको छ ।

हिमालयन हाइड्रोपावरको आईपिओ बाँडफाँड

हिमालयन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई  निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ  । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो  । कम्पनीले बैशाख २५ गतेदेखि जेठ २३ गतेसम्म अईपिओ निष्काशन गरेको थियो ।  कम्पनीले आयोजना प्रभावित कास्कीको मादी गाउँपालिकाका वडा नम्बर १,२,३,४, ६ र ७ का स्थानीयलाई शेयर निष्काशन गरेको हो । कम्पनीले यी ठाउँका स्थानीयलाई ९ लाख कित्ता शेयर निष्काशन गरेको हो ।क्यापिटलका अनुसार यस आईपिओमा आस्वा प्रणालीबाट आवेदन दिने ६७८ जना आवेदकहरुबाट २,८४,४८६ कित्ता शेयरका लागि आवेदन प्राप्त भएको थियो ।  जसमा २३ जना आवेदकहरुबाट २,७३६ कित्ता शेयरको लागि प्राप्त भएको आवेदनहरु आयोजना प्रभावित क्षेत्र बाहेकको क्षेत्रबाट आवेदन प्राप्त भएकोेले उक्त आवेदनहरुलाई रद्द गरी ६५५ जना आवेदकहरुबाट  २,८१,७५० कित्ता शेयरको लागि प्राप्त भएको आवेदनहरु रीतपूर्वक रहेको देखिएको क्यापिटलले जनाएको छ ।  क्यापिटलका अनुसार  ६५५ जना आवेदकहरुलाई २,८१,७५० कित्ता शेयर बाँडफाँट गरिएको छ । आयोजना प्रभावितलाई शेयर निष्काशन गरी बाँडफाँड गरेसंगै अब कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ ।कम्पनीले कास्कीमा  ११.८८ मेगावाटको नामर्जुन मादी आयोजना निर्माण सम्पन्न गरि विजुली उत्पदन गरिरहेको छ ।

रिभर फल्स पावरको आईपिओ बाँडफाँड, ४९ हजार ९ सय ८३ जनाको आवेदन रद्द

रिभर फल्स पावरले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आज सोमबार आईपिओ बाँडफाँड गरेको हो । कम्पनीले बैशाख २८ गते देखि जेठ ४ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्बसाधारणलाई २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ५४ हजार ६ सय कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको थियो भने १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बांकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका छन् । क्यापिटलका अनुसार आईपिओमा कुल १८ लाख ५९ हजार २ सय ४२ जना बाट २ करोड १३ लाख ९४ हजार ६ सय ३० कित्ताको आवेदन परेको थियो । जस मध्ये ४९ हजार ९ सय ८३ जनाको आवेदन रद्द भएको छ । यस हिसाबमा १८ लाख ९ हजार २ सय ५९ जनाको आवेदन सदर भई शेयर पाउनको लागि योग्य भएका छन्  । आईपिओमा माग भन्दा बढीको परेकोले योग्य रहेका १८ लाख ९ हजार ५९ जना आवेदकलाई समावेश गराएर गोलाप्रथाद्वारा शेयर बाँडफाँड गरिएको छ । यसबाट २ लाख ५३ हजार ८ सय ९० आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् ।  यस हिसाबमा आवेदन दिएका मध्ये १६ लाख ५ हजार ३ सय ५२ जना आवेदक हात खाली भएका छन् ।  आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । आईपिओ प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ ।  जस अनुसार बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/,  सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,  सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र  रिभर फल्स हाइड्रोको वेबसाइट www.riverfallshydro.com.np/  बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । केहि घण्टामा आईपिओको नतिजा हेर्न सकिने क्यापिटलले जनाएको छ  । मेरोशेयरमा भने केहि ढिलो मात्र नतिजा उपलब्ध हुने छ । बैशाख ३० गते, ३१ गते, जेठ १ गते र जेठ २ गते सार्वजनिक विदा परेकोले कम्पनीको आईपिओ  कुल ८ दिन बिक्रि खुला रहेको थियो । कम्पनीले यस अघि नै संखुवासभाका आयोजना प्रभावितलाई आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ । रिभल फल्स पावरले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आगामी असार मसान्त भित्र आयोजना सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ।

ईमर्जिङ नेपालको आईपिओ बाँडफाँड, २५ सय ५२ जनाको आवेदन रद्द, ८ जनाले ११ कित्ता पाए

ईमर्जिङ नेपाल लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनआईसी एसिया क्यापिटलले मंगलबार आईपिओको प्रि अलोटमेन्ट सकेर आज बुधबार शेयर बाँडफाँड गरेको हो। आईपिओमा कुल २३ लाख ३१ हजार २ सय ५८ जनाको आवेदन परेकोमा २ हजार ५ सय ५२ जनाको आवेदन रद्द भएको र योग्य आवेदकको संख्या २३ लाख २८ हजार ७ सय ६ जना कायम भएको छ । योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरीएको छ । जस अनुसार गोलाप्रथाबाट ५१ हजार ६ सय ७० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । त्यस्तै शेयर पाएका ५१ हजार ६ सय ७० जनालाई सहभागी गराएर पुन गोलाप्रथा गर्दा ८ जनाले थप १ कित्ता शेयर पाएका छन् । यस हिसाबमा ८ जनाले ११ कित्ता शेयर पाएका छन् । कम्पनीले माघ २६ गतेदेखि आईपीओ बिक्रि खुला गरेको हो । कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको छ। बाँकि रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

सिंगटी हाइड्रो इनर्जीको आईपीओ बाँडफाँड

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपिओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज कम्पनीको आईपीओ बाँडफाँड गरेको हो ।आईपीओमा १५ लाख ६५ हजार ५३० आवेदकबाट २ करोड २८ लाख ४९ हजार ६७० कित्ता माग भएको थियो । जसमध्ये दोहोरो आवेदनलगायत भेरिफाइ गर्दा ५ हजार ७२८ आवेदकको आवेदन रद्द […]