काठमाडौँ – सरकारले सन् २०२२ को मार्चसम्म देशका सम्पूर्ण जिल्लाबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गर्ने भएको छ। बुधबारदेखि ई–पासपोर्टको परीक्षण वितरण सुरु गरेको सरकारले आउँदो मार्चदेखि देशभरका जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट वितरण गर्ने जनाएको हो। सन् २०२२ देखि औपचारिक रूपमा ई–पासपोर्ट प्रचलनमा ल्याउने भए पनि बुधबार परराष्ट्रमन्त्री नारायण खड्काले परीक्षण वितरणको उद्घाटन […]