हरेक वर्ष पुस २७ ले एउटा गरमागरम बहस बोकेर आउँछ । पृथ्वी जयन्ती, एकता दिवस मनाउने, नमनाउने विषयमा व्यापक बहस हुन्छ । दिवस मनाउनेहरूले बिदाको माग गर्छन् । सरकार अटेरी भएर बस्छ । दिवस मनाउनु हुन्न भन्नेहरूले पृथ्वीनारायण शाहको खोइरो खन्छन् ।गणतन्त्र घोषणा हुनु अघिसम्म पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिन्थ्यो । गणतन्त्र आएपछि भने उक्त बिदा काटियो । यसपालि संघीय सरकारले निर्णय नगरे पनि गोरखा, नुवाकोटको विदुर, स्याङ्जाको वालिङलगायत नगरपालिकाले भने पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेक